Happy Tihar 2082

गौरीगञ्ज गाउपालिकाले दियो ७ गते होली बिदा

पढ्न समय: 1 मिनेट

गौरीगञ्ज । सरकारले १ नँबर प्रदेशमा अघिल्लो दिन नै होलीको बिदा दिए पछी स्थानीयतालाइ मध्य नजर गर्दै गौरीगञ्ज गाउँपालिकाले पछिल्लो दिन थप १ दिन होलीको बिदा दिने निर्णय गरेको छ । प्रदेश नँ १ को झापा मोरङ र सुनसरीमा पछील्लो दिन होली मनाइए पनि सरकारले प्रदेश नँ १ लाइ पहाडी क्षेत्रको स्तरमा राखेर पहाडमा होली खेलिने दिन अघिल्लो दिन नै होलीको बिदा दने गरेको छ ।
गौरीगञ्जको हकमा अघिल्लो दिनको बिदाको कुनै अर्थ नै छैन — गाउँपालिका उपाध्यक्ष दिपेन्द्र थापाले भने । यहाँ पछील्लो दिन होली मनाइने भएकोले स्थानीय परम्परालाइ सँरक्षण गर्न पछील्लो दिन पनि बिदा दिने निर्णय गरेको कुरा उनले गौरीगञ्ज दर्पणलाइ बताए ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *