Happy Tihar 2082

गौरीगञ्जमा स्थानिय पाठ्यपुस्तकको लोकार्पण

पढ्न समय: 2 मिनेट

साउन १८ गँरीगँज । गौरीगञ्ज गाउँपालिकाले बिद्यालयहरुको आधारभुत तहका लागि स्थानिय पाठ्य पुस्तक सार्वजनिक गरेको छ । गाउँपालिकाको सभाहलमा आइतबार एक औपचारिक कार्यक्रमका बीच कक्षा १ देखि ८ सम्मको स्थानिय पाठ्यपुस्तकको लोकार्पण गरिएको हो ।

- Advertisement -
Ad image

गाउँपालिका अध्यक्ष फुलबती राजवँशी र उपाध्यक्ष पुजन न्यौपाने कुँवरले कक्षा १ देखि ८ सम्मको स्थानिय पाठ्यपुस्तक हाम्रो गौरीगञ्जको लोकार्पण गरेको हो ।

कार्यक्रममा गाउँपालिकाका निवर्तमान उपाध्यक्ष दिपेन्द्र थापा प्रमुख प्रसाशकीय अधिकृत खेम थापा सागरमाथा सीप बिकास केन्द्रका बिज्ञ अशोक कालाखेती शिक्षा शाखा प्रमुख टँक खरेल लगायत गाउँपालिका भित्र सञ्चालित सामुदायिक र निजि बिद्यालका प्रधानाध्यापक तथा प्रतिनिधि शिक्षकहरुको उपस्थती रहेको थियो । कार्यक्रममा पाठ्य पुस्तक लेखन समुहका तर्फबाट बोल्दै जनार्दन ढकालले पाठ्य पुस्तकमा स्थानिय तहका प्राय सबै कुरा समेट्ने कोशिस गरिएको कुरा बताएका छन् । त्यस्तै पाठ्यक्रम बिज्ञ अशोक कालाखतीले पाठ्य पुस्तक निर्माण गर्नु उपन्यास लेख्नु जस्तो स्वतन्त्रता नभएको र स्थानिय पाठ्यक्रमको सीमा भित्र रहेर पाठ्यक्रम निर्माण गरिएको कुरा बताएका छन् । कार्यक्रममा सामुदायिक बिद्यालयहरुका तर्फबाट खजुरगाछी माबिका प्र अ गहेन्द्र बिक्रम शाह तथा निजि तथा आवासिय बिद्यालयहरका तर्फबाट सनसाइन इँग्लिस स्कुलका प्रिन्सिपल श्याम राजवँशीले मन्तब्य राखेका थिए भने प्रमुख प्रसाशकिय अधिकृत खेम थापा र कार्यपालिका सदस्य रिता तामाङले समेत आ आफ्नो मन्तब्य राखेका थिए ।

गाउँपालिकाका निवर्तमान उपाध्यक्ष दिपेन्द्र थापाले आफ्नो कार्यकालबाटै शुरु भएको स्थानिय पाठ्यक्रम निर्माणको कार्य बल्ल सफल भएको प्रति खुशि ब्यक्त गर्दै यो काम पुरा गरिदिएकामा बर्तमान स्थानिय सरकारलाइ धन्यबाद दिएका छन् । उनले अबको दिनमा स्थानिय पाठ्यक्रमको परीक्षाको अँकभारको सन्तुलन मिलाउन सबै बिद्यालयका बिषय शिक्षकहरुसँग शिक्षा शाखाले छलफल चलाउनु पर्ने सुझाव दिएका छन् । त्यस्तै गाउँपालिकाकी उपाध्यक्ष पजन न्यौपाने कुँवरले स्थानिय पाठ्यक्रम लोकार्पणको क्षणलाइ एतिहासिक घडीको सँज्ञा दिदै पाठ्य पुस्तक निर्माणका लागि खटिनुहुने सबैलाइ धन्यबाद दिएकी छन् ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्