Happy Tihar 2082

गौरीगञ्जमा भारत द्वारा मिचिएको सीमा क्षेत्रमा “नेपालका लागि नेपाली” अभियानले गाड्यो नेपाली झण्डा

पढ्न समय: 1 मिनेट

गौरीगञ्ज । मँसिर ९ । केहि दिन अघि गौरीगञ्ज दर्पण डटकमले झापाको गौरीगञ्ज २ पिण्डाल घुटुमा भारतिय पक्षले नेपाली भुभाग मिचेर बिच गाउँमा सीमा पिलर गाडेको समाचार प्रकाशित गरेपछी ज्ञानेन्द्र शाही नेतृत्वको “नेपालका लागि नेपाली” अभियानका झापा अभियन्ताहरुले सो क्षेत्रमा पुगेर नेपाली झण्डा गाडेको छ । अभियानका झापा सँयोजक महेन्द्र प्रसाइको नेतृत्वमा आएको टोलीले सो क्षेत्रको अबलोकन गरि स्थानियहरु सँग कुराकानी समेत गरेका थिए । टोली सँग स्थानीयहरुले २०५५ साल पछी पुरानो सीमा हुदा हुदै सीमा स्तम्भहरु पश्चिम सारेको कुरा बताएका थिए । उनिहरुले आफुहरु सँग नेपाली धनीपुर्जा रहे पनि सो पुर्जामा उल्लेखित पचासौ बिघा जग्गा भारतियहरुको कब्जामा रहको कुरा बताएका थिए ।


स्थानीयहरु सँगको कुराकानी पछी सँयोजक प्रसाइले सञ्चारकर्मीहरु सँग कुरा गर्दै सो क्षेत्र नेपाल र भारत सरकारको डिजाइन अनुसार मिचेको नभइ बेचेको हुन सक्ने शँका ब्यक्त गरे । उनिहरुले केहिबेर सो क्षेत्रमा भारतिय बिस्तारबाद मुर्दाबादको नारा समेत लगाएका थिए ।

- Advertisement -
Ad image
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *