साउन ५ गौरीगञ्ज । गौरीगञ्ज गाउँपालिकाले सञ्चालन गरेको एम्बुलेन्समा नियम बिपरित सामान ढुवानी गरेको पाइएको छ । गाउँपालिकाले बिरामी बोक्नका लागि सञ्चालन गरेको प्र-१- ०१-००१ झ २४६ नँबरकव एम्बुलेन्सले सोमबार दिउसो टायल बोकेर ल्याउँदै गरेको अबस्थामा फेला परेको हो । एम्बुलेन्समा २० काटुन भन्दा बढि टायल्स फेला परेको हो । सो एम्बुलेन्सका चालक दिपेन्द्र गिरीले एम्बुलेन्सको दुरुपयोग गदै आएको गुनासो पटक पटक आएपछी आज गौरीगञ्ज दर्पण डटकमले सुचनाको आधारमा सोमबार गौरादहबाट गौरीगञ्ज तर्फ फर्किदै गरको अबस्थामा एम्बुलेन्सको भित्र हेर्दा सो परिणामको टायल्स फला पेको हो ।
यसबारे गौरीगञ्ज गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेम थापालाइ बिरामी बोक्न सञ्चालन गरेको एम्बुलेन्समा सामान ढुवानी गर्न पाइन्छ कि पाइदैन भनेर सोध्दा उनले नपाइने जवाफ दिएका छन् । उनले यसबारे छानबिन गर्ने बताएका छन् । नियम अनुसार एम्बुलेन्समा कुनैपनि माल सामान ढुवानी गर्न पाइदैन ।