गौरीगञ्ज प्रहरीले आज ४ हजार मुल्य बराबरको सुर्ति बरामद गरेको छ । गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट खटिएको प्रहरी टोलीले गौरीगञ्ज ५ बस्ने ५० वर्षिय मटरलाल गन्गाईले साईकलमा अबैध रुपमा भन्सार छली भारतबाट नेपाल तर्फ ल्याउदै गरेको ८ केजी सुर्ति बरामद गरेको हो । अन्दाजी ४ हजार मूल्य बराबरको सो सुर्तिसहित गन्गाईलाई आवश्यक कारबाहीको लागि आन्तरिक राजश्व कार्यालय दमक पठाएकोमा १७ हजार ५५० रुपैयाँ धरौटी राखी उनी तारेखमा छुटेका छन् ।
यसअघि गत साता गौरीगञ्ज १ कुञ्जीबारीमा समेत भारतबाट तस्करले भित्र्याएको एक बोरा सुर्ति स्थानीयले बरामद गरेर प्रहरीमा बुझाएका थिए ।
प्रतिक्रिया लेख्नुहोस्