
गौरीगञ्ज । झापाको गौरीगञ्ज गाउँपालिका वडा नँ ६ स्थित दमाइ डाँडामा बिपन्न आठ परिवारका लागि निर्माण भइ रहेको सुरक्षित आबासका लागि जापानका १७ जना युवा युवती श्रमदान गर्न आइ पुगेका छन् । शुक्रबार उनिहरु आइपुग्दा उनिहरुलाइ भब्य स्वागत गरिएको छ ।
जापानको टोकियो स्थित बासिदा युनिभर्सिटीमा अध्ययन रत यि जापानी युवा युवतीहरु स्वयम् सेवकका रुपमा आठ दिन सम्म दमाइडाँडामा श्रम दान गर्ने कुरा ह्याबिटाट नेपालका आलोक खतिवडाले बताए ।
आगन्तुक स्वयम् सेवकहरुलाइ गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठ अपाध्यक्ष दिपेन्द्र थापा र सहारा नेपालका गौरीगञ्ज शाखा प्रमुख उमेश भारतीलेः स्थानीय आदीबासीहरुले उत्पादन गरेको उनीको झोला दिएर स्वागत गरेका छन् ।
ह्याबिटाट नेपाल सहारा नेपाल र गौरीगञ्ज गाउँपालिकाको सँयुक्त लगानीमा मँसिरको पहिलो साता देखि शुरु भएको सुरक्षित आबास कार्यक्रम अन्तर्गत गौरीगञ्ज गाउँपालिका वडा नँ ४ , ५ र ६ मा जम्मा ३५ बिपन्न परिवारहरु लाइ सुरक्षित आबास प्रदान गरिने लक्ष्य रहेको कुरा सहारा नेपालका गौरीगञ्ज प्रमुख उमेश भारतीले बताएका छन् ।