Happy Tihar 2082

गौरीगञ्जका ३ सहित थप २७३ जनामा सँक्रमण पुष्टी

पढ्न समय: 1 मिनेट


३१ जेठ गौरीगञ्ज । झापाको गौरीगञ्जमा आज ३ सहित देश भर थप २७३ जनामा कोरोना सँक्रमण पुष्टी भएको छ ।
गौरीगञ्ज वडा नँ ५ चिल्हाराका १७, २४ र २६ बर्षका पुरुषमा सँक्रमण पुष्टी भएको कुरा स्वास्थ्य मन्त्रालयले जनाएको छ । खजुरगाछी माबिको क्वारेन्टाइन मा रहेका उनिहरु जेठ२० गते भारतको लुधियाना बाट आएको कुरा स्वास्थ्य शाखा गौरीगञ्जले जनाएको छ । यो सँगै गौरीगञ्जमा कोरोना सँक्रमितको सँख्या १५ पुगेको छ भने ३ जना सँक्रमण मुक्त भएर घर फर्केका छन् ।
त्यसैगरी झापाको बाह्रदशी र शिबसताक्षीमा पनि १/१ जनामा आज कोरोना संक्रमण देखिएको छ ।
झापाको शिवसताक्षीमा पहिलो पटक एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सतासी प्राविको कोरेन्टाइनमा रहेकामध्ये एक जनामा कोरोना पोजेटिभ देखिएको छ । उनी भारतको दिल्लीबाट आएका हुन् ।
बाह्रदशी १ का पुरुषमा संक्रमण देखिएको हो । उनी भारतबाट आएर पशुपति माविको क्वारेन्टाइनमा बसेको वडाध्यक्ष शम्भुसिंह राजवंशीले बताए । आज एकजना थपिएसँगै बाह्रदशीमा संक्रमितको संख्या ७ पुगेको छ ।
यो सहित देश भर कुल सँक्रमितको सँख्या ५३३५ पुगेको छ भने सँक्रमण मुक्त हुनेको सँख्या ९१३ पुगेको छ । सँक्रमणका कारण १८ जनाले ज्यान गुमाएका छन् ।

- Advertisement -
Ad image
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *