२९ जेठ गौरीगञ्ज । गत जेठ १८ गते सँकमरमण पुष्टी भएका गौरीगञ्जका ४ जना मध्ये ३ जना आज सँकमरमण मुक्त भएका छन् । बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचाररत उनिहरु ११ औ दिनमा कोरोना लाइ जितेर आज अस्पतालबाट डिस्चार्ज भएको कुरा अस्पताल श्रोतले जनाएको छ । डिस्चार्ज हुनेमा वडा नँ ५ का १ फतेपुर र वडा नँ ६ कञ्चिराका २ पुरुष रहेका छन् । उनिहरु सँगै भर्ना भएका वडा नँ ६ कञ्चिरा कै अर्का एक पुरुषको भने पछिल्लो रिपोर्ट पुन: पोजेटिभ आएकोछ ।
उनिहरु सहित आज ३० जना झापाली सँक्रमण मुक्त भएका छन्
डिस्चार्ज भएकाहरु लाइ लिन गौरीगञ्जबाट गाडि पठाइएको कुरा स्वास्थ्य शाखा गौरीगञ्जले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्