Happy Tihar 2082

गौरीगञ्जका स्वास्थ्य स्वयम् सेबिकाहरुलाइ डेङ्गु रोगबारे अभिमुखिकरण

पढ्न समय: 2 मिनेट

गौरीगञ्ज । गौरीगञ्ज गाउँपालिका को स्वास्थ्य शाखाले डेङ्गु रोगबारे एक दिने अभिमुखिकरण तालिम सम्पन्न गरेको छ । गाउँपालिका भित्रका स्वास्थ्य स्वयम् सेबिका हरुलाइ लक्षित गरि दिइएको सो अभिमुखिकरणमा डेङ्गु रोग लाग्ने कारण रोगको लक्षण र रोगथामका उपायहरुबारे जानकारी दिइएको थियो ।
कार्यक्रमका प्रमुख सहजकर्ता स्वास्थ्य कार्यालयका जीवन चौलागाइले रोगबारे जानकारी दिदै डेङ्गु नामक भाइरसबाट लाग्ने सो रोग इडिस एष्टाइ नामक लामखुट्टेबाट सर्ने भएकाले रोगबाट बच्न सो एडिस लामखुट्टेबाट जोगिनु पर्ने कुरा बताए । एडिस जातका लामखुट्टेले भाडाकुडा तथा घर वरपर फ्याकिएका बोतल बट्टा टायर ट्याङ्की आदिमा जमेको पानीमा फुल पार्ने भएकोले ट्ट्यस्ता बस्तुहरु मा पानी जम्न दिन नहुने कुरा बताए ।
यो रोग लागि सकेपछी टाउको दुख्ने ज्वरो आउने हाड जोर्नी दुख्ने जस्ता लक्षण देखिने समेत उनले बताए । डेङ्गु भाइरसले रक्तकोषिका हरुमा असर पार्ने भएकोले यो रोग का किटाणुहरुले रगत जम्न नदिने र रोग छिप्पिए पछी नाक मुख अदिबाट रगत बग्न सक्ने समेत बताए ।
अर्का सहजकर्ता स्वास्थ्य कार्यालयका बेद प्रकाश घिमिरेले रोगबाट बच्न घर भित्र र बाहिर कुनै पनि भाडाकुडामा लामो समय सम्म पानी जम्न दिन नहुने कुरा बताए ।
स्वास्थ्य शाखा गौरीगञ्जका प्रमुख बिकाश पौडेलले मँगलबार गौरीगञ्जका बजार क्षेत्रमा अनुगमन गरि डेङ्गु रोग सार्ने लामखुट्टे बस्ने सँभाबित पानीका श्रोतहरु नष्ट पार्ने कुरा बताए ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *