गौरीगञ्जका पश्चिमी छिमेकी मोरङको रतुवामाइ नगरपालिकामा आज थप ८ जनामा कोरोना सँक्रमण पुष्टी भएकोछ । मन्त्रालयका अनुसार मोरङको रतुवामाई नगरपालिकामा आठ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मोरङमा ८ जन सहित प्रदेश १ मा बुधबार थप १४ जना संक्रमित फेला परेका छन् । । जसअनुसार झापामा ५ र उदयपुरमा एकजना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सबैको नमुना विराटनगरमा अवस्थित कोसी अस्पताल र प्रदेश जनस्वास्थ्य प्रयोगशालामा परीक्षण भएको थियो ।
अब प्रदेश १ मा कोरोना संक्रमितको संख्या २९६ पुगेको छ । १२५ जना उपचारपछि ठिक भएर घर फर्किएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्