मदन राजवँशी
झापाको गौरीगञ्ज गाउँपालिका २ स्थित बघाचौधरी बजारबाट करिब १ किमी पुर्व लागेपछी कमल खोलाको किनारमै सन्थालहरुको सानो बस्ति पिण्डालघुटु पुगिन्छ । त्यसो त यो नेपाकै बस्ति हो । यस बस्तिका सबै परिबार नेपाली नागरिक हुन । तर यस बस्तिलाइ मिचेर ५५ साल ताका भारतिय पक्षले पुर्वको सीमाना मिचेर सीमा स्तम्भ यो गाउँको बिचैमा गाडेको छ । २०७४ सालमा अबिरल बर्षाका कारण कमल खोलाले यो बस्तिलाइ डुवाएको बेला हामी राहत लिएर जादा त्यस बेला यो सीमा स्तम्भ सानो थियो । त्यस ताका यो स्तम्भमा हामी कसैका आखा परेन । तर अहिले भारतिय पक्षले सीमालाइ ठुलो बनाएर स्थानीय बुद्धिलाल हेमरमको आँगन अगाडी नै गाडेको छ ।

पिण्डालघुटु गाउँबाट कमल तरेर अझ करिब १ किलो मिटर पुर्व लागे बल्ल सन १९७९ मा कायम गरिएको २६ नँबरको जँगी पिलर देख्न सकिन्छ ।

अहिले यो पिलर देखि निकै पश्चिम सीमा सारिएको छ । २० ५५ साल अघि सम्म कमल खोलाको पुर्बि किनारबाट शुरु हुने नेपाल भारतको सीमाना अहिले अतिक्रमण गरेर खोला पश्चिम पुर्याइएको छ ।
२०५५ साल अघिसम्म नेपाल भारतको सीमा नजिकै हरेको वलुवाडाँगी गाँउमा साप्ताहिक हाट लाग्ने गर्थ्यो पछी तयहि हाट को बिषयमा नेपाल र भारत पक्षका स्थानीयहरु बीच बिबाद शुरु भए पछी भारत पक्षले सो सीमाना पश्चिम सारेको कुरा कोरोबारीका स्थानीय तथा गौरीगञ्ज गाउँपालिकाका कार्यपालिका सदस्य जेठा मुर्मु बताउछन् ।
बिबाद पछी सोहिसाल नेपाल र भारतिय पक्षले सीमा नापजोख गरेको तर पछी भारतिय पक्षले झुक्याएर सीमाना पश्चिम सारेको कुरा स्थानीय ओम प्रकाश राजवँशी बताउछन् ।
नेपाली भुभाग मिचेर सीमा पश्चिम सार्दा समेत चित्त नबुझेका भारतिय हरुले अहिले उनिहरुले आफै कायम गरेका नयाँ सीमा स्तम्भ वरिपरि समेत दशगजा क्षेत्र मिचेर आलु खेती गरिरहेका छन् ।
साबिकको आमगाछी ४ को खेल मैदान पुर्व पनि भारतिय पक्षले दश गजा क्षेत्र मिचेर मकै खेति गरिरहेका छन् ।
सीमासँग जोडिएको नेपाली भुमिमा बिकास नसर्माणको काम गर्दा समेत भारतिय पक्षले दुख दिने गरेको कुरा स्थानीय ओम प्रकाश राजवँशी बताउछन् । भारतिय पक्षबाट सीमा पश्चिम सारिए पछी अहिले आमगाछीका करिब १ दर्जन नेपालीको पचासौ बिघा जति जमिन भारतियको कब्जामा छ । स्थानीय ओम प्रकाश राजवपँशीका अनुसार कृष्ण प्रसाद राजवँशी योगेन्द्र राजवँशी कातिकलाल राजवँशी उतमलाल राजवँशी राजेन्द्र राजवँशो ओम प्रकाश राजवँशी चन्द्रमोहन राजवँशी बनावा राजवँशी लगायतको जग्गा भारतियहरुको कब्जाका छ । यि ब्यक्तीहरुको जग्गा भारतिय भुमीमा परे पनि अझै यिनिहरुसँग सो जग्गाको नेपाली धनिपुर्जा सुरक्षित नै छ र सो जग्गाको मालपोत समेत बर्षेनी नेपाल सरकारलाइ तिरि रहेको कुरा ओम प्रकाश राजवँशीले बताए ।
गौरीगञ्ज २ का वडाध्यक्ष अघनु प्रसाद राजवँशीका अनसार कोरोबारीको पिण्डालघुटु र आमगाछी क्षेत्रका ४ देखि ५ सय बिघा क्षेत्रफल भारतले अतिक्रमण गरेको छ । सँबन्धित निकायमा यसबारे जानकारी गराउदा समेत नेपाल सरकारले सो भुमी फिर्ता गराउन कुनै पहल नगरेको उनको गुनासो छ ।
पश्चिम नेपालमा अतिक्रमित कालापानी र लिपुलेक फिर्ता गराउन देश ब्यापी रुपमा आवाज उठिरहेको बेला पुर्बि नेपालको झापा जिल्लाका यि भुभागहरु फिर्ता ल्याउन पनि उतिकै बलियो आवाज उठाउन जरुरी देखिन्छ ।