Happy Tihar 2082

कोरोबारी स्थित ठुली पाथिभरा मन्दिर द्वारा सम्मान र आय ब्यय सार्बजनिक

पढ्न समय: 1 मिनेट

कोरोबारी । गौरीगञ्ज गाउँपालिका वडा नँ २ बिरपुर स्थित ठुली पाथिभरा मन्दिर समितीले मँगलबार आयष ब्यय सार्बजिक गरेको छ । समितीका अध्यक्ष नारायण कार्की को अध्यक्षतामा एक कार्यक्रमको आयोजना गरि आय ब्यय सार्बजनिक गरिएको हो । समितीका सचिब पदम गुरागाइ द्वारा प्रस्तुत आय ब्ययमा हाल सम्म बिभिन्न चन्दादाताहरुबाट सँकलित चन्दा बाट रु ७ लाख ३७ हजार ९ सय २२ रुपैया नगद र १ लाख ६ हजार ६ सय ९२ रुपैया बराबरको जिन्सी सामान सँकलन भएको उल्लेख छ ।
२०७३ साल माघ २८ गते शिलान्यास भइ निर्माण शुरु भएको मन्दिर सम्पन्न गर्न रु १५ लाख ६५ हजार ४ सय ६१ रुपैया खर्च भएको र हाल सम्म मन्दिर रु ७ लाख घाटामा रहेको कुरा प्रस्तुत आय ब्ययमा उल्लेख छ ।
गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठ र उपाध्यक्ष दिपेन्द्र थापाको प्रमुख र बिशिष्ट आतिथ्यमा सम्पन्न कार्यक्रममा मन्दिरका लागि ६ कट्ठा जग्गा दान गर्ने जग्गा दाता कुमारी सापकोटा र सबै भन्दा बढी चन्दा दिने चन्‍दादाता धन बहादुर बिष्ट र धन माया पौडेल लाइ दोसल्ला र सम्मान पत्र सहित सम्मान गरिएको छ । भने अन्य ३ सय १७ जना चन्दा दाताहरुलाइ समेत सम्मान पत्र बितरण गरिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *