मदन कराजवँशी मनप्रीत पुजन न्यौपाने गौरीगञ्ज । झापाको गौरीगञ्ज गाउँपालिका वडा नँ १ कुञ्जीबारी बजार स्थित न्यु युनिभर्सल बोर्डिँग स्कुल नजिकै अज्ञत समुहले बम राखेका छन् । कुञ्जीबारी बजार नजिकै रहेको न्यु युनिभर्सल बोर्डिँग स्कुल उत्तर पट्टी को बास झ्याङ मा सो बम फेला परेको हो । दुइवटा बोतल सँगै मोटरसाइकलमा प्रयोग हुने ब्याट्री र अन्य बिधुतिय सामग्री टेपले बेरीएर राखेर्को अबस्थामा सो बम बास झ्याङमा फेला परेको हो ।
प्रहरी चौकी कुञ्जीबारीका अनुसार सो बिद्यालयका प्रिन्सीपल चन्द्रमोहन राजवँशीलाइ लक्षित गरि सो बम राखिएको पत्र फेला परेको छ । बिहान बद्यालयको कार्यालय खोल्दा ढोका मुनिबाट छिराएर राखिएको पत्र फेला परेको हो । पत्रमा बिद्यालयका प्रिन्सीपल चन्द्रमोहन राजवँशी सँग रु १० लाख चन्दा मागिएको कुरा प्रहरीलचौकी कुञ्जीबारीका असइ राजकुमार माझीले बताउनु भयो । घटना स्थलका जन साधारणहरु अहिले त्रासमा रहेको तथा बिद्यालयका बिद्यार्थीहरुलाइ घर पठाएर अहिले घटना स्थल वरीपरी सतर्कता अपनाइएको र चारआलीबाट नेपाली सेनाको बम डिस्पोजल टोली आइरहेको कुरा समेत असइ माझी बताउनु भएको छ । पत्रमा भने अज्ञात समुह वा व्यक्तीको नाम उल्लेख छैन | गौरीगञ्ज दर्पणका लागि घटना स्थलबाट पुजन न्यौपानेको सहयोगमा मदन राजवँशीको यो रिपोर्ट

