फागुन १ गौरीगञ्ज । गौरीगञ्ज गाउँपालिका कार्यालयका अधिकाँश कर्मचारी बिदामा बसे पछी कार्यालयको सेवा ठप्प भएको छ । हिजो बिहिबार देखि ५ जना कर्मचारी बिदा लिएर बर्ल्डकप हेर्न भारत तिर र आज देखि १ जना कर्मचारी घर बिदा तथा ३ जना कर्मचारी तालिम तिर गएपछी हिजो र आज कार्यालयको अधिकाँश शाखाको सेवा ठप्प भएको छ ।
शुक्रबार ११ बजे हामी गाउँपालिकाको कार्यालय पुग्दा कार्यालय सुनशान देखिएको थियो भने सेवाग्राहीहरु कर्मचारी नभेटिएर फर्किरहेका थिए । आज शुक्रबार एकै पटक प्रमुख प्रसाशकीय अधिकृत खेमराज थापा सहित ९ जना कर्मचारी कार्यालयमा अनुपस्थित थिए ।
प्रमुख प्रसाशकीय अधिकृत खेमराज थापा प्रसाशन शाखा प्रमुख नारायण चँदारा प्रशासन शाखा सहायक गौरब रिजाल भौतिक पुर्वाधार शाखा प्रमुख सुशान्त बुढाथोकी योजना शाखा प्रमुख तिर्थ खरेल स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्र सुचना प्रबिधि शाखा प्रमुख राकेश राजवँशी आलेप कर्मचारी तुलसी तिम्सिना र लेखा सहायक शम्भु श्रेय्ठ गरि ९ जना कर्मचारी अनुपस्थित हुँदा कार्यालयको कामकाज ठप्प भएको हो ।
हिजो देखि लेखा शाखाका आलेप कर्मचारी तुलसी तिम्सिना भौतिक पुर्वाधार शाखाका प्रमुख इञ्जिनियर सुशान्त बुढाथोकी योजना शाखाका प्रमुख तिर्थ खरेल स्वास्थ्य शाखाका प्रमुख रामचन्द्र मिश्र र प्रसाशन शाखाका सहायक गौरब रिजाल फागुन ८ गते सम्मको बिदा लिएर बर्ल्डकप हेर्न भारत तिर हुकिएका हुन् भने प्रशासन शाखाका प्रमुख नारायण चदरा हिजै देखि कार्यालय आएका छैनन् । उनि हिजि बिराटनगर गएको र आज तालिममा गएको बुझिएको छ ।
त्यसैगरि प्रमुख प्रसाशकीय अधिकृत खेमराज थापा र सुचना प्रबिधि शाखाका प्रमुख राकेश राजवँशी तालिममा गएको र आर्थिक शाखाका सम्भु श्रेष्ठ घर बिदामा बसेको कुरा आर्थिक शाखा प्रमुख मञ्जु भट्टराइले बताएकी छन् ।
अहिले दोश्रो चौमासिकको अबधि पनि सकिन लागेको बेला गाउँपालिकाको अधिकाँश योजनाहरु अघि बढ्न सकेको छैन । यति बेला गत गाउँसभाबाट पारित योजनाहरु धमाधम अघि बढाउनु पर्ने बेलामा योजना शाखा प्रमुख तिर्थ खरेल र इञ्जिनियर सुशान्त बुढाथीकी लामो बिदा लिएर वर्ल्डकप हर्न जानु आफैमा अस्वभाबिक देखिएको छ भने प्रमुख प्रसाशकीय अधिकृत खेमराज थापा सहित ५ जना शाखा प्रमुख र अन्य ३ जना सहायक सहित ९ जना कर्मचारी एकै पटक कार्यालयमा उपस्थित नहुनुले गाउँपालिकाको कर्मचारी तन्त्रको मनपरी तथा प्रसाशकिक बेथितीलाइ फेरी एक पटक सतहमा ल्याइ दिएको छ । यस बारे प्रमुख प्रसाशकीय अधिकृत खेमराज थापा सँग फोन सँपर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।
प्रमुख प्रसाशकीय अधिकृत खेमराज थापाले आफु कार्यालयमा सुशासनको पक्षमा रहेको बताउदै आएपनि पछिल्लो समय गाउँपालिकाको प्रसाशनिक कामकाजहरु अपार्दरशी र ढिला सुस्ती देखिन थालेका छन् । कर्मचारीहरु सेवामुखि काममा भन्दा बढि भत्तामुखि तालिम र कार्यक्रमहरुमा जाँदा सेवाग्राहिहरुले सास्ति खेप्नु परिरहेको छ भने यस पटकको १० प्रतिशत योजनाहरुको काम पनि अघि बढ्न सकेको छैन । गाउँपालिका अध्यक्ष फुलबती राजवँशी र उपाध्यक्ष पुजन न्यौपाने कुँवर एक अर्कासँग मिल्न नसक्दा पछिल्लो समय गाउँपालिकामा जनप्रतिनिधिहरु माथि कर्मचारीहरु हाबी हुदै गएको देखिएको छ भने प्रसाशनिक बेथिती झन मौलाउँदै गएको छ ।