Happy Tihar 2082

कदमी देवीले पनि पाइन नयाँ घर

पढ्न समय: 1 मिनेट

गौरीगञ्ज । सहारा नेपाल ह्याबिटाट फर ह्युमानिटी र गौरीगञ्ज गाउँपालिका ले सँचालन गरेको सुरक्षित आबास कार्यक्रम अन्तर्गत गौरीगञ्ज ३ बुधबारे बजारकी अति बिपन्न एकल महिला कदमी देवी मुखियाले मँगलबार सुरक्षित घर प्राप्त गरेकी छन् ।
एक हप्ता अघि जापान बाट आएका १ दर्जन जापानी स्वयम् सेवक बिद्यार्थीहरुले गौरीगञ्ज मै बसेर श्रमदान गरे पछी उर्नको घर बेलैमा सम्पन्न भएको हो । मँगलबार दिउसो जापानी बिद्यार्थीहरु बिदा हुन अघि गाउपालिका उपाध्यक्ष दिपेन्द्र थापा र जापानी टोलीकी नाइके मे ले सँयुक्त रुपमा उनको घरको रिबन काटी उनलाइ घरमा भित्र्याएका थिए ।
नयाँ घर पाए पछी उनले सुरक्षित घर निशुल्क बनाएर सहयोग गर्ने सहारा नेपालका उमेश भारती र जापानी बिद्याथीहरुलाइ धन्यबाद दिदै खुशीले रोइन् ।
बिदा हुनु पुर्व जापानी बिद्यार्थीहरु स्थानिय ज्ञानोदय माबिका बिद्यार्थीहरु सँग नाचेर रमाइलो गरेका थिए ।
गौरीगञ्ज गाउपालिका नयायीक समिती सदस्य हेमा आचार्यको सभापतित्वमा भएको जापानी स्वयम् सेवकहरुको बिदाइ कार्यक्रममा गाउपालिका उपाध्यक्ष दिपेन्द्र थापा प्रसासकीय अधिकृत राजकुमार शाक्य योजना अधिकृत बिरेन्द्र खड्का सहारा नेपालकी पुष्पाञ्जली सिँहा उमेश भारती ह्याबिटाट नेपालका आलोक खतिवडा लगायतकाहरुको उपस्थिती थियो ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *