साउन २० गौरीगञ्ज । राष्ट्रिय परीक्षा बोर्डले सोमबार साँझ सार्वजनिक गरेको कक्षा १२ को नतिजामा गौरीगञ्ज माबिको नतिजा अत्यन्तै कमजोर देखिएको छ । गौरीगञ्ज गाउँपालिका भित्र सञ्चालित उच्च माबिहरु मध्ये गौरीगञ्ज माबिको नतिजा सबैभन्दा कमजोर देखिएको हो ।
गौरीगञ्ज गाउँपालिकाको शिक्षा शाखाले दिएको जानकारी अनुसार गौरीगञ्ज माबि बाट यस बर्ष परीक्षामा सहभागी ३९ जना मध्ये १ जना मात्र उतिर्ण भएका छन् । यसलाई प्रतिशत को गणना गर्ने हो भने यो सँख्या २.५६ प्रतिशत मात्र हो । यस विद्यालयबाट प्राबिधिक बिषय कृषि तर्फ २२ जना र अप्राविधिक बिषय शिक्षा तर्फ १७ जना परीक्षामा सहभागी भएका थिए। जस मध्ये प्राबिधिक बिषय कृषि तर्फ नतिजा शुन्य आएको जानकारी गौरीगञ्ज दर्पण डटकम लाई प्राप्त भएको छ ।
त्यस्तै सामुदायिक बिद्यालय हरु तर्फ आदर्श माबि टटुवामारीको नतिजा सबैभन्दा उत्कृष्ट आएको छ । बिद्यालय बाट परीक्षामा सहभागी ४४ जना मध्ये १९ जना अर्थात ४३.१८ प्रतिशत बिद्यार्थी उतिर्ण भएका छन् । त्यस्तै खजुरगाछी माबिबाट परीक्षामा सहभागी ११२ जना मध्ये ४५ जना अर्थात ४०.१८ प्रतिशत बिद्यार्थी उतिर्ण भएका छन् । यस बिद्यालय बाट १०८ जना बिद्यार्थी शिक्षा शास्त्र तर्फ र ४ जना बिद्यार्थी बाणिज्य शास्त्र तर्फ परीक्षामा सहभागी भएका थिए । जसमध्ये ४२ जना शिक्षा तर्फ उतिर्ण भएको र ३ जना वाणिज्य शास्त्र तर्फ उतिर्ण भएको कुरा बिद्यालयका प्रअ गहेन्द्र बिक्रम शाहले जनाएका छन् । त्यस्तै गौरीगञ्ज बहुमुखी क्याम्पसबाट परीक्षामा सहभागि ३७ जना बिद्यार्थी मध्ये ११ जना अर्थात २९ दशमलब ७३ प्रतिशत बिद्यार्थी उतिर्ण भएको कुरा क्याम्पसले जनाएका छन् । उता बालकल्याण माबि कुञ्जिबारीबाट परीक्षामा सहभागि ४५ जना मध्ये ६ जना अर्थात १३.३३ प्रतिशत बिद्यार्थी उतिर्ण भएको कुरा शिक्षा शाखाले जनाएको छ ।
त्यस्तै निजि तथा आवासिय विद्यालय हरु तर्फ देबकोटा माबिको नतिजा सबैभन्दा उत्कृष्ट आएको छ। सो बिद्यालय बाट परीक्षामा सहभागी २५ जना मध्ये २३ जना अर्थात ९२ प्रतिशत नतिजा निकाल्न सफल भएका छन् । त्यस्तै निजि तथा आवासिय विद्यालय तर्फ नै युनिभर्सल एकेडेमी बाट परीक्षामा सहभागी ३२ जना मध्ये १२ जना अर्थात ३७ दशमलब ५ प्रतिशत बिद्यार्थी उतिर्ण भएका छन् ।
२०७९ सालमा फुलबती राजवँशी नेतृत्वले स्थानिय सरकाको बागडोर सँहाल्ने बितिकै गौरीगञ्जमा सञ्चालित सामुदायिक बिद्यालयहरुमा कक्षा ११ र १२ पुर्ण निशुल्क गरेका थिए भने त्यस यता गौरिगञ्जका ५ वटा सामुदायिक प्लस टु हरुमा अध्ययनरत कक्षा ११ र १२ का बिद्र्थीहरुलाइ निशुल्क पठन पाठन गराउन गाउँपालिकाले २०७९ साल यता बर्षेनी लाखौँ रुपैया बिनियोजन गर्दै आएको छ । गौरीगञ्जका सामुदायिक बिद्यालयहरुको एसइइ र १२ को नतिजा हेर्दा गाउँपालिकाको बजेट बालुवामा पानी हाले सरह भइरहेको देखिन्छ ।