गौरीगञ्ज । नेपालकै ठुला सहकारी मध्येका नेपाल बहुउद्देश्यीय सहकारी (एनएमसी) को ३५ औ शाखा झापाको गौरीगञ्जमा खुलेको छ । मँगलबार गौरीगञ्ज गाउँपालिका का अध्यक्ष बाबुराजा श्रेष्ठले रिवन काटेर सो शाखा कार्यालयको बिधिवत उद्घाटन गरेका छन् ।
शाखाको उद्घाटन सँगै नेपाल बहुउद्देक्कयीय सहकारी एनएमसी र गौरीगञ्जको सुनगँगा सहकारी बीच एकिकरण भएको छ । सुनगँगा सहकारीका अध्यक्ष नारायण अधिकारीको सभापतित्वमा भएको शाखा उद्घाटन र एकिकरण घोषणा समारोहमा एनएमसीका तर्फबाट एनएमसीका अध्यक्ष रामचन्द्र उप्रेती र सुनगँगाका तर्फबाट सुनगँगाका अध्यक्ष नारायण अधिकारीले सँझौता पत्र अदान प्रदान गरेर एकिकरणको घोषणा गरेका थिए ।
गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठको प्रमुख आतिथ्य र उपाध्यक्ष दिपेन्द्र थापाको बिशेष अतिथ्यमा भएको कार्यक्रममा शिक्षक सँघका अध्यक्ष गोपाल ताजपुरिया जनसेवा का अध्यक्ष कर्मा शेर्पा पुर्व क्याम्पस प्रमुख केदार रिमाल प्राइम बौँक का गौरीगञ्ज प्रमुख शरद काफ्ले वडा नँ ३ का वडाध्यक्ष मखना महतो बालकल्याणका प्रअ भिम कोइराला लगायतले शुभकामना ब्यक्त गरेका थिए ।
शाखाको सफलताको शुभकामना दिदै गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठले आफ्नो क्षेत्रमा एनएमसी जस्ता सहकारीको शाखा खुल्नु खुशीको कुरा भएको बताएका छन् भने गाउँपालिका उपाध्यक्ष दिपेन्द्र थापाले सहकारीहरुले आर्थिक अनुसाशन अपनाएर काम गर्नु पर्ने कुरा बताएका छन् ।
उद्घाटनकै दिन एनएमसीले तोड्यो अनुसाशन
उद्घाटन सत्रमा एनएमसीका अध्यक्ष रामचन्द्र उप्रेतीले नेपाल बहुउद्देश्यीय सहकारीको बारेमा जानकारी दिदै आफुहरु अनुसाशनमा रहेर मात्र काम गर्ने कुरा भाषणमा ब्यक्त गरि रहदा नजिकै रहेको गौरीगञ्ज मा बिका बिद्यार्थीहरुलाइ र सँगैको भवनमा रहेको इलाका प्रसाशन कार्यालयको काम कार्वाहिमा प्रत्यक्ष असर पर्ने गरी चर्को आवाजमा स्पिकर बजाइएको थियो । कार्यक्रम आयोजकले कार्यक्रम स्थलमा साउण्ड सिस्टम हुदा हुदै पनि कार्यालय रहेको दुइ तल्ले भवनको छतमा दुइ तिर फर्काएर स्पिकर लगाएका थिए ।
घर माथि स्पिकर राखेर ठुलो आबाजमा स्पिकर बजाउन र डिजे बाजा बजाउन गौरीगञ्ज गाउँपालिकाले निषेध गरेको छ । यसरी एनएमसी सहकारीले आफ्नो गौरीगञ्ज शाखाको उद्घाटनकै दिन गाउँपालिकाको नियम तोडेर अनुसाशन को खिल्ली उडाएको छ ।