Happy Tihar 2082

एकाबिहानै झापामा दुर्घटना , दुइ जनाको मृत्यु

पढ्न समय: 1 मिनेट

असोज १६ झापा । झापाको बुट्टाबारीमा आज बिहान भएको बस दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।

आज बिहान ९.३० बजे पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०११–००१ ख ४४५९ नम्बरको सगरमाथा यातायातको यात्रुबाहक बस बिर्तामोड ६ स्थित बुट्टाबारीमा अनियन्त्रित भई सडकबाट तल पल्टदा त्यसमा सवारमध्ये एकजनाको घटनास्थलमै मृत्यु भएको हो । अन्य एकजनाको अस्पताल लाँदै गर्दा मृत्यु भएको बताइएको छ । अन्दाजी ४५ वर्षका पुरुषको घटनास्थलमै मृत्यु भएको हो । पहिचान खुल्न नसकेका मृतकको शव घटनास्थलमै रहेको छ ।

- Advertisement -
Ad image

दुर्घटनामा एक दर्जनभन्दा बढी घाइते भएकाले प्रहरी र स्थानीयले उद्धार गरि नजिकको अस्पताल लैजाने कार्य भैरहेको छ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्