
गौरीगञ्ज । लामो समयदेखि बिरामी गौरीगञ्ज ६ कञ्चीराका एक बिपन्न बृद्ध लाई
गौरीगञ्ज गाउपालिकाका उपाध्यक्ष दिपेन्द्र थापा र वडा नँ ३ का वडाध्यक्ष
मखना महतोले घरमै पुगेर आर्थिक सहयोग गरेका छन् ।
गौरीगञ्ज ६ खजुरगाछी
कञ्चीराका मोहम्मद सागिर मिया लामो समय देखि दम र प्रेसरको रोगले ओछ्यान
परेका छन् भने आर्थिक अभाबका कारण उनले औषधी उपचार पाएका छैनन् । उपाध्यक्ष
थापा र वडाध्यक्ष महतोले आज उनको घरमै पुगेर ब्यक्तीगत रुपमा नगद रु दस
हजार सहयोग गरेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्