Happy Tihar 2082

आफ्नै पैसा माग्दा दलित महिलामाथि कालोमोसो

पढ्न समय: 2 मिनेट

मोरङको पथरीशनिश्चरेमा एक दलित महिलालाई मोसो दलेर सार्वजनिक ठाउँमा कुटपिट गरी यातना दिइएको छ । शनिश्चरे नगरपालिका ८ दोलुको शुक्रबारे गाउँमा मंगलबार बिहान ११ बजे ३० वर्षीया सारदा बराईलीलाई छिमेकी पारस लिम्बु र उनका भाई फिफराज लिम्बुलको समूहले अनुहारमा मोसो दलेर गालीगलौज गर्दै कुटपिट गरेका हुन् । यो खबर नया पत्रिकाका लागि गणेश लम्सालले लेखेका हुन् |

कुटपिटबाट गम्भीर घाइते भएकी बराईलीलाई रिंगटा लाग्ने, उल्टि आउने, टाउको झन्झनाउने समस्या आएपछि छिमेकीले विराटनगरस्थित बिराट नरसिंहहोममा उपचारको लागि लगेका छन् । सारदका श्रीमान बैदेशिक रोजगारीमा छन भने घरमा उनका १२ र १४ वर्षका दुई छोराहरु छन । 

- Advertisement -
Ad image

यातनाबारे उजुरी गर्न पथरी थाना पुगेकी सारदालाई छिमेकीहरुले पहिले पथरी बजारको मोरङ अस्पतालमा लगेका थिए । स्वास्थ्य अवस्था गम्भीर रहेको सारदाको उपचार त्यहाँ सम्भव नभएपछि बिराटनरसिंह होममा रिफर गरिएको थियो । 

इलाका प्रहरी कार्यालय पथरीले मोसो दल्ने पारस लिम्बु र उनको भाई फिफराजलाई पक्राउ गरेको छ । साथै, अन्य दश जनाजति फरार भएकोले खोजी भइरहेको इन्स्पेक्टर कमल बजगाईले बताए । ‘तत्काल पीडीतको उजुरीको आधारमा दुई मुख्य व्यक्त्ति पक्राउ गरेका छौ, उहाँ उपचारबाट फर्केपछि बिस्तृत सोधपुछ गरेर फरार भएका अन्यलाई पक्राउ गरी कानून अनुसार मुद्दा दर्ता गराउँछौ ।’

पीडितका अनुसार पारसले सारदाको परिवारबाट चार लाख रुपैयाँ ऋण लिएका थिए । ऋण चुक्त्ता नगरेपनि तिरिसकेको छु भन्दै धमक्याउने गरेका पारसले चुक्त्ता गरेको कुनैपनि प्रमाण भने दिएका थिएनन् । त्यसै बिपयामा लिम्बु र सारदाको परिवारको मनमुटाव रहेको थियो । लिम्बु परिवारले सारदामाथि झुठो आरोप लगाएर मंगलबार बिहान चौतारामा ल्याई कालोमोसो दलेर जातिय गाली गलौज गर्दै कुटपिट गरेका थिए । एक घण्टासम्म मोसो दलेर जातिय गालीगलौज गर्दै  कुटपिट गरेको भिडियो मोवाइलमा खिचेर सार्वजनिकसमेत गरेका थिए । 

आफूमाथि भएको व्यवहारबारे सारदाले प्रहरी चौकीमा जानकारी गराएपनि गाउँको कुरो गाउँमै मिलाउनु हामी आउन भ्याउँदैनौ भन्दै प्रहरी पन्छन खोजेको सारदाले बताइन् ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *