आफ्नै गृह जिल्लामा शौचालयभित्र थुनिए योगेश भट्टराइ
बैशाख ६ ताप्लेजुङ — नेकपा एमालेका सचिब एवम् सँघिय साँसद योगेश भट्टराइलाइ आफ्नै गृह जिल्लामा शैचालय भित्र थुनिनु परेको छ । भट्टराइ हिजो शुक्रबार कञ्चनजंघा हिरक महोत्सवको उद्घाटनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री बद्रीप्रसाद पाण्डेसहित नेता भट्टराई हेलिकोप्टरबाट ताप्लेजुङको लेलेप पुगेका थिए । महोत्सव उद्घाटनकै क्रममा उनि बिरुद्ध नाराबाजि भएपछी शौचालय छिरेका उनलाइ सुरक्षा दिन खटिएका सुरक्षा कर्मीहरले शौचालयको ढोकाको चुकुल लगाइ दिएर सुरक्षा दिएका थिए । जसका कारण उनि भिड तितरबितर नभएसम्म शौचालमा थुनिनु परेको थियो ।
पाथीभरामा केवलकार निर्माणका विषयमा भएको विवादमा पूर्व पर्यटनमन्त्रीसमेत रहेका सांसद भट्टराईसँग असन्तुष्ट ‘नो केवलकार’ समूहले शुक्रबार कञ्चनजंघा हिरक महोत्सवमा आएका उनको विरोधमा नाराबाजी गरेका हुन् ।
फक्ताङलुङ गाउँपालिका-६ लेलेपमा महोत्सव भइरहेको छ। महोत्सवमा सहभागी भएर काठमाडौँ फर्किने बेला भट्टराईविरुद्ध नाराबाजी भएको थियो ।
प्रत्यक्षदर्शी नेपाल पत्रकार महासंघ ताप्लेजुङका पूर्व अध्यक्ष राजेन्द्र श्रेष्ठको हवाला दिदै कान्तिपुर दैनिकको अनलाइन सँस्करणमा लेखिएको समाचार अनुसार उद्घाटन कार्यक्रम सम्पन्न भएपछि मन्त्री बद्री पाण्डे हेलिकप्टर भएतिर गए। उनीसँगै रहेका सांसद योगेश भट्टराई भने कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को भवनमा रहेको शौचालयतिर लागे । जब भट्टराई सिंढी चढेर शौचालय उक्लिए, वरपर रहेका स्थानीयले उनीविरुद्ध नाराबाजी सुरु गरेका थिए।
त्यहीक्रममा आन्दोलनकारीको संख्या थपिँदै गयो। आन्दोलनकारीले शौचालयमै घेरा हालेपछि प्रहरीले शौचालयको ढोकामा चुकुल हालेर सांसद भट्टराईलाई सुरक्षा दिएको थियो। केहीबेर पछि प्रहरीको जनशक्ति थपिएर भीड तितरबितर पारेपछि भट्टराई बाहिर आए । उनलाई प्रहरीले हेलिकोप्टरसम्मै सुरक्षा दिनुपरेको थियो।