Happy Tihar 2082

आफ्नै आइसोलेसन अस्पताल स्थापना गर्ने पहिलो पालिका बन्यो रँगेली नगरपालिका

पढ्न समय: 3 मिनेट

२५ साउन मोरँग । प्रदेश नँ १ मा सँचालित सबै कोरोना अस्पतालका आसोलेसन सेन्टरहरु भरिएपछी मोरँगको रँगेली नगरपालिकाले आफ्नो क्षेत्रका सँक्रमितहरुका लागि आफ्नै श्रोत साधनबाट आइसोलेसन सेन्टर (कोरोना अस्पताल) तयार गरेको छ ।
रंगेली नगरपालिकाले आफ्ना सँक्रमित नागरिकको व्यवस्थापनका लागि जनता क्याम्पसको भवनलाइ नै आईसोलेशन अस्पतालमा रुपान्तरण गरेको छ । संक्रमण पुष्टि भएका तर लक्षण नदेखिएका नागरिकलाई समाजबाट आईसोलेट (अलग) गर्न स्थानीय जनता क्याम्पसलाई सय बेडको आईसोलेशन अस्पतालमा रुपान्तरण गरिएको हो ।
पछील्लो समय रँगेली नगरपालिकामा समुदाय स्तरमै ५२ जनामा सँक्रमण पुष्टी भएको र अघिल्लो दिन पुष्टी भएका २२ जनासँक्रमितहरु प्रदेशसरकारले सँचालन गरेको अस्पतालहरुमा भर्ना गरिए पनि पछील्लो दिन पुष्टि भएका हरुलाइ प्रदेशका कुनै पनि अस्पतालहरुमा बेड खाली नहुदा सोहि क्याम्पसको क्वारेन्टाइन मा राखिएको थियो । दिनदिनै प्रदेशभरी सँक्रमित थपिदै जादा नगरपालिकाले सोहि क्याममपसको भवनलाइ अस्पतालका रुपमा परिणत गर्ने घोषणा गरेको हो ।
नगरपालिकाका मेयर दिलिप बगडीयाका अनुसार सरकारले पालिकास्तरको आईसोलेशन सञ्चालन कार्यविधिमा तोकेको मापदण्डमा टेकेर तत्कालको समस्या टार्नका लागि क्याम्पसलाई नै आईसोलेशन अस्पतालमा रुपान्तरण गरिएको हो ।
क्याम्पसमा सञ्चालित आईसोलेशनमा अहिले ६ महिलासहित २८ सँक्रमितहरुलाई राखिएको छ । अस्पतालमा अक्सिजन सिलिण्डरको व्यवस्था, संक्रमितलाई प्रयोग गर्न व्यक्तिगत साबुनसहित सरसफाईमा प्रयोग गरिने सामाग्रीको उपलब्धता, शौचालय तथा पानी आपूतिको व्यवस्थापनसहित, स्वास्थ्य परामर्शका लागि रंगेली अस्पताल मेडिकल सुपरिटेन्डेन्ट नेतृत्वको चिकित्सक टोलि परिचालन गरिएको मेयर बगडीयाले जानकारी दिएका छन् ।
डा. राजेन्द्र पाण्डेले बिहान बेलुका अस्पतालको राउण्डिङ् गर्ने तथा दुइ जना हेल्थ एसिस्टेन्ट र दुइ जना सुरक्षा कर्मि चौबिसै घन्टा अस्पतालमा खटिने कुरा उनले बताएकाछन् ।
सँक्रमितहरुलाइ पोसिलो खाना , खाजा तथा फलफुलको समेत ब्यबस्था गरिएको कुरा नगरप्रमुख बगडियसले बताएकाछन् । सँक्रमितहरुमा कडा खालको लक्षण देखिए लक्षण देखिएका सँक्रमितलाइ तुरन्त बिराटनगरको कोशी अस्पतालमा मा सारिने समेत उनले बताएका छन् ।
सँक्रमितहरुको सँपर्कमा आएकाहरुको कन्ट्रयाक्ट ट्रेडिङ नसकिएको ले हाल सील गरिएका वडाहरुलाइ भदौ २ गते सम्म सील गर्ने तथा पुरै नगरपालिका क्षेत्रमा पनि २ गते सम्मै लकडाउन गर्ने निर्णय भएको बताएकाछन् ।
प्रदेश १ मा संक्रमितहरुको उपचार तथा स्वास्थ्य परामर्श प्रदान गर्न तोकिएका अस्पतालहरु भरिदैं गएपछि रंगेली नगरपालिकाले क्याम्पसलाई नै १०० शैयाको आईसोलेशन अस्पताल तयार गरेको हो । प्रदेश सरकारले सञ्चालनमा ल्याएको कोशी, वीपी र पीयू गोठगाउँको उपचार केन्द्र तथा आईसोलेशन अस्पतालमा संक्रमण पुष्टि भएकाहरुलाई राख्ने अवस्था छैन ।
झापाको मेची अस्पताल, मेची नगरपालिकामा निर्माण गरिएको आईसोलेशन अस्पताल र उदयपुरको चौदण्डीगढीको ५० शैयाको आईसोलेशन अस्पताल भरिएका छन् । यी अस्पतालमा आफ्ना पालिकाका संक्रमित नागरिकलाई भर्ना गर्न असजिलो बनेपछि रंगेली नगरपालिकाले भने आफ्नै आईसोलेशन अस्पताल बनाएर संक्रमितको व्यवस्थापन सुरु गरेको हो ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्