Happy Tihar 2082

आठमौजा सहकारीको ११ औ बार्षिकोत्सब सम्पन्न

पढ्न समय: 3 मिनेट


गौरीगञ्ज मँसिर ९ । झापाको गौरीगञ्ज ६ खजुरगाछी स्थित आठमौजा बचत तथा ऋण सहकारी सँस्थाले आफ्नो स्थापनाको ११ औ बार्षिकोत्सव मनाएको छ । सोमबार सहकारी मोडमा एक कार्यक्रमको आयोजना गरि सहकारीले बार्षिकोत्सब मनाएको हो । बार्षिकोत्सबको अबसरमा सहकारीले गौरीगञ्ज क्षेत्रका २० जना जेष्ठ नागरिकलाइ सचेत नागरिक सम्मानबाट सम्मानित गरेको छ । सहकारीले जेष्ठ नागरिकहरु सोमप्रसाद भण्डारी शान्तादेवी थापा खेमकुमारी श्रेष्ठ धर्मशीला दाहाल पबित्रा ढकाल टक्का देवी निरौला केशरबहादुर श्रेष्ठ मैयादेवी थपलिया सुकदेब दास बाबुराम लौडारी कुलबहादुर कटुवाल चन्द्रलाल हरीजन अम्बिका ढकाल गणेश कुमारी भण्डारी कृष्ण प्रसाद पाठक सतानी देवी यादव भतरीलाल ताजपुरिया बिमलादेवी दास हरि प्रसाद सुबेदी र लक्षिमा पौडेल लाइ सचेत नागरिक सम्मानबाट सम्मानित गरेको छ ।

- Advertisement -
Ad image


त्यसै गरि सहकारीले आठमौजा सहकारी सम्मानबाट सत्यदेब यादव बुधकरण राजवँशी र गँगाराम ताजपुरियालाइ सम्मानित गरेको छ । सहकारीले सम्मान पत्र दोसल्ला र फुलमालाले सम्मानित गरेको हो ।
बार्षिकोत्सबकै अबसरमा सहकारीले उत्कृष्ट कारोबार गर्ने सेयर सदस्यहरुलाइ समेत पुरस्कृत गरेको छ । सहकारीले उत्कृष्ट मौजदात पुरस्कारबाट चन्द्रमणी काफ्लेलाइ उत्कृष्ट ऋणी पुरस्कारबाट तेजबहादुर थापालाइ उत्कृष्ट बाद बचत पुरस्कारबाट अभियान सिजापतीलाइ उत्कृष्ट कारोबार पुरस्कारबाट शिवा साहलाइ उत्कृष्ट मासिक बचत पुरस्कारबाट रञ्जित कुमार राजवँशीलाइ उत्कृष्ट दुध उत्पादन सदस्य पुरस्कारबाट यामबहादुर पौडेललाइ लाइ पुरस्कृत गरेको छ ।
त्यसै गरि ब्यबहारिक शिक्षा अनुभव पुरस्कारबाट महिमा राजवँशीलाइ पुरस्कृत गरेको छ भने उत्कृष्ट कर्मचारी पुरस्कारबाट बुद्धीनाथ सुबेदीलाइ पुरस्कृत गरिएको छ ।
त्यसै गरि क्रिमसन स्कुलका हरिप्रसाद यादव ज्ञानोदयका हरिमाया घिमिरे र क्रिमसन कै बरतलाल राजवँशीलाइ लीला दँगाल स्मृती छात्रबृती प्रदान गरिएको छ भने खजुरगाछी माबिका रिता कुमारी यादव ज्ञानकुञ्जका सुन्दर शिवा र ज्ञानकुञ्जकै बिनादेवी महतोलाइ गगनोदेबी महतो स्मृती छात्रबृती प्रदान गरिएको छ ।

गत ७ गते सहकारीले सञ्चालन गरेको म्याराथन दौड प्रतियोगिताका बिजयीहरुलाइ समेत नगद सहित पुरस्कृत गरिएको छ । खुल्ला तर्फ प्रथमहुने मोहन कुमार राइ दोश्रो हुने खगेन्द्र खत्री र तेश्रो हुने ज्ञानदिप राइ लाइ क्रमश ७ हजार ५ हजार र ३ हजार नगद सहित पुरस्कृत गरिएको छ भने महिला तर्फ प्रथम हुने कमला राइ दोश्रो हुने सँगिता तामाण र तेश्रो हुने मनिषा राइलाइ क्रमश ३ हजार २ हजार र १ हजार नगद सहित पुरस्कृत गरिएको हो । ८ बर्ष देखि १४ बर्ष सम्म को दौडमा बिजयी हुनेहरुको जन्म मिती प्रमाणित हुने कागजात पेश नभएकाले सो समुहको पुरस्कार स्थगित गरिएको कुरा सँस्थाका अध्यक्ष अर्जुन दँगालले बताए ।
सँस्थाका अध्यक्ष अर्जुन दँगालको सभापतित्व र गौरीगञ्ज गाउँपालिकाका प्रमुख प्रसाशकीय अधिकृत प्रबिण दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न समारोहमा इप्रका गौरीगञ्जका प्रहरी निरिक्षक गणेश भट्टराइ र सशस्त्र गौरीगञ्जका प्रहरी निरिक्षक साइमन श्रेष्ठ लगायतको उपस्थिती थियो ।
सँस्थाका उपाध्यक्ष श्याम ढकालले स्वागत मन्तब्य राखेका थिए भने अध्यक्ष दँगालले सँस्थाको प्रगति बिबरण पेश गरेका थिए । कार्यक्रम सँचालन भने सँस्थाका तर्फबाट हरि लौडारीले गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *