Happy Tihar 2082

आगामी आबको निति तथा कार्यक्रमका लागि सल्लाह तथा सुझाब सँकलन

पढ्न समय: 1 मिनेट
module:1facing:0; ?hw-remosaic: 0; ?touch: (-1.0, -1.0); ?modeInfo: ; ?sceneMode: Night; ?cct_value: 0; ?AI_Scene: (-1, -1); ?aec_lux: 0.0; ?hist255: 0.0; ?hist252~255: 0.0; ?hist0~15: 0.0; ?module:1facing:0; hw-remosaic: 0; touch: (-1.0, -1.0); modeInfo: ; sceneMode: Night; cct_value: 0; AI_Scene: (-1, -1); aec_lux: 0.0; hist255: 0.0; hist252~255: 0.0; hist0~15: 0.0;


जेठ २७ गौरीगञ्ज । झापाको गौरीगञ्ज गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८१ / ०८२ को निति तथा कार्यक्रमका लागि सल्लाह तथा सुझाव सँकलन गरेको छ । आतबार गाउँपालिकाको सभाहलमा राजनैतिक दलका प्रतिनिधि र पुर्व जनप्रतिनिधि हरुसँग सल्लाह तथा सुझाब सँकलन गरेको हो ।

गाउँपालिका अध्यक्ष फुलबती राजवँशी उपाध्यक्ष पुजन न्यौपाने कुँवर लगायतको उपस्थितिमा करिव १ दर्जन ब्यक्तीले सल्लाह तथा सुझाव प्रस्तुत गरेका थिए । उपस्थित अधिकाँश ब्यक्तीहरुले कृषि अनुदानको सामग्रीको दुरुपयोग र गाउँपालिकाको फितलो अनुगमन प्रति प्रश्न उठाएका थिए । उपस्थित बक्ताहरुले शिक्षा स्वास्थ्य कृषि लागु औषध दुर्ब्यसनी लगायतका समस्याहरुलाइ आगामी निति तथा कार्यक्रममा समेट्नु पर्ने सुझाब दिएका थिए ।
निति तथा कार्यक्रमको सुझाबको लागि भेला बोलाइएपनि उपस्थित सबैको सल्लाह र सुझाब नै नसुनि अध्यक्ष फुलबती राजवँशीले कार्यक्रम समापनको घोषणा गरि पालिका बाट बाहिरिएका थिए । सल्लाह र सुझबका लागि आफुहरुलाइ बोलाएर सुझाब नै नसुनि गाउँपालिका अध्यक्षले कार्यक्रम अन्त्य गरेको प्रति उपस्थितहरुले गुनासो गरेका छन् । सो भेला प्रकृया मिलाउन झार्रा टार्ने काम जस्तो मात्र देखिएको र त्यहा वडाध्यक्ष हरु र खेलकुद तथा स्वास्थ्य सँग सरोकार राख्ने ब्यक्तीहरुलाइ नबोलाइएले कर्मकाण्डिय प्रकृया पुरा गर्न मात्र कार्यक्रमको आयोजना गरेको उनिहरुले आरोप लगाएका छन् ।

- Advertisement -
Ad image
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्