Happy Tihar 2082

अर्घाखाँचीमा बस दुर्घटना,घटनास्थलमै १० जनाको मृत्यु

पढ्न समय: 1 मिनेट

सन्धिखर्क : अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-६ नरपानीमा बुधबार बेलुका बस दुर्घटना भएको छ। दुर्घटनामा परी १० जनाको घटनास्थलमै मृत्यु भएको खबर अन्नपुर्ण पोस्ट डटकमबाट छ ।

सन्धिखर्कबाट बुटबल जादै गरेको लु २ ख २१४८ नम्बरको बस नरपानी बजार नजिकैको घुम्तीमा दुर्घटना भएको हो। घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी तथा स्थानीयले उद्धार गरिरहेका छन्। 

- Advertisement -
Ad image

अहिले सम्म १० जना को घटनास्थलमै मृत्यु भएको शसस्त्र प्रहरी बलका प्रहरी नायव उपरिक्षक माधब रेग्मीले जानकारी दिए। घटनाको बारेमा बिस्तृत विवरण आउन बाकी छ। घाइते सात जनालाई उपचारकालागि बुटबल पठाइएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी निरिक्षक तथा सुचना अधिकारी प्रकाश खत्रीले जानकारी दिए। घाइतेको उद्धार जारीरहेको छ। बस सडकबाट झण्डै तीन सय मिटर तल खसेको हो। 

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *