Happy Tihar 2082

अर्को जापानी स्वयम् सेवक टोली गौरीगञ्जमा

पढ्न समय: 1 मिनेट

गौरीगञ्ज । सहारा नेपाल ह्यबिटाट फर ह्यमिनिटी र गौरीगञ्ज गाउँपालिकाको सँयुक्त लगानीमा गौरीगञ्ज ६ स्थित दमाइडाँडामा बिपन्न ८ परिबारका लागि निर्माण भइ रहेको सुरक्षित आबास कार्यक्रमका लागि बिहिबार जापानी स्वयम् सेवक बिद्यार्थीहरुको अर्को टोली पनि गौरीगञ्ज आइ पुगेको छ ।
जापानको बेङ्क्यु युनिभर्सिटीका १४ बिद्यार्थी श्रम दान गर्न गौरीगञ्ज आइपुगेका हुन् । ४ महिला र १० पुरुप को सो स्वयम् सेवक टोलीले दमाइडाँडा कि अति बिपन्न एकल महिला आशा मण्डलको घर बनाइ दिएर एक हप्ता पछी फर्कने कुरा टोली सँयोजक आलोक खतिवडाले बताएका छन् ।
बिहिबार बिहान १० बजे आइपुगेको जापानी स्वयम् सेवक टोलीलाइ गौरीगञ्ज गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठ कार्यपालिका सदस्य राधा अधिकारी सहारा नेपाल गौरीगञ्जका प्रमुख उमेश भारती सशस्त्र का प्रहरी निरीक्षक दीपक खड्का लगायतले स्वागत गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
1 Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *