२९ जेठ गौरीगञ्ज । जेठ ३० गतेदेखि गौरीगञ्जको बजार पसल नियमित सञ्चालन हुने भएको छ । रेष्टुरेन्ट बाहेकका पसलहरु बिहान ७ बजेदेखि मध्यान्ह १२ बजेसम्म प्रत्येक दिन खोल्न दिने कुरा झापा उद्योग वाणिज्य सँघ गौरीगञ्जले एक सुचना जारि गर्दै जानकारी दिएका छन् । साग सब्जि पसलहरुको हकमा भने पुरानै निर्णयलाइ निरन्तरता दिने निर्णय गरिएको छ । पुरानो निर्णय अनुसार प्रत्येक आइतबार मँगलबार र शुक्रबार सब्जि बजार लाग्दैआएको छ । यद्यपि जेठ २७ को जिल्ला ब्यापि निर्णय अनुसार झापा भरी स्थानिय सरकारको समन्वयमा ८ देखि २ बजे सम्म ६ घन्टा बजार खोल्न दिने निर्णय जारी भएको थियो ।
प्रतिक्रिया लेख्नुहोस्