Happy Tihar 2082

अघि बढ्यो गौरीगञ्ज दुर्गा मन्दिरको काम : बुधबार शिलान्यास हुने

पढ्न समय: 1 मिनेट

गौरीगञ्ज । गौरीगञ्जको बुधबारे बजार भित्र रहेको दुर्गा मन्दिर जिर्णोद्वारको बहुप्रतिक्षित परियोजना बल्ल अघि बढ्ने भएको छ । मन्दिरको प्रस्तावित नक्सा र थ्रीडी डिजाइन तयार भइसकेर समितीमा आइ पुगे पछी सो परियोजना अघि बढेको हो ।
परियोजन अघि बढे सँगै फागुन २९ गते बुधकार मन्दिरको शिलान्यास हुने भएको छ । बिहान १० बजेर ४८ मिनेटको शुभ साइतमा मन्दिरका पुरोहित जयनारायण गौतमको हात बाट मन्दिरको शिलान्यास गरिने कुरा मन्दिर निर्माण समितीका पवन दासले बताएका छन् । उनले सो दिनको शुभ साइतमा सम्पुर्ण गौरीगञ्ज बासीहरुमा उपस्थितीको लागि अनुरोध समेत गरेका छन् ।
मन्दिरको नक्साङ्कन बुद्ध रत्न इन्जिनियरिङ कन्सल्टेन्सीका प्रकाश गजमेरले गरेका हुन भने थ्रीडी डिजाइन मोसन आर्ट स्टुडियो दमकका अभिसेक दासले गरेका हुन् । मन्दिरले १ हजार ८ सय १४ बर्ग फिट क्षेत्रफल ‍ओगट्ने र मन्दिरको ग्राण्ड फ्लोर १ हजार ५ सय ९७ दशमलव ५१ गबर्ग फिट हुने कुरा प्रस्ताबित नक्सामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *