प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले २०७४ सालमा सम्पन्न स्थानीय तह, प्रदेशसभा एवं प्रतिनिधिसभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध वागी उमेदवारी दिएका नेताहरुलाई कारबही गर्ने निर्णय गरेको छ । कांग्रेसको केन्द्रीय अनुशासन समितिको मंगलबार बसेको बैठकले तीनवटै तहको निर्वाचनमा वागी उमेदवारी दिएका नेता, तिनका प्रस्तावक तथा समर्थकलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको हो ।
बैठकले अन्य पार्टीमा गई विभिन्न तहमा उमेदवारी दिएका नेता तथा कार्यकर्ताहरुलाई पनि पार्टीबाट निष्कासन गरेको छ । उनीहरुलाई कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३४ को उपधारा ४ (क) बमोजिम कारबही गरिएको अनुशासन समितिका संयोजक भीष्मराज आङदम्बेले जानकारी दिए । उनले वागी उमेदवार, प्रस्तावक तथा समर्थक र अन्य पार्टीमा गई उम्मेदवार बनेका सबै तहका नेता तथा कार्यकर्ताहरुलाई सम्बन्धित जिल्लाको पार्टीको अभिलेखबाट हटाउनसमेत निर्देशन दिएको बताए ।
अनुसन्धान समितिले वागी, वागीका प्रस्तावक तथा समर्थक र अन्य पार्टीमा गई उम्मेदवार बनेका नेताहरुको नामावली नपठाएका जिल्ला कार्यसमितिहरुलाई तत्काल नामावली पठाउन पनि निर्देशन दिएको छ ।
कारवाहीमा को को परे झापाबाट? हेर्नुहोस –
झापा
१. हरिश्चन्द्र वास्तोला, अर्जुनधारा नपा वडा नं. ६ का वडा अध्यक्षका वागी
२. अर्जुन प्रसाद उप्रेती, वारदर्शी न.पा. ३ का वडा अध्यक्षका वागी, नीजका प्रस्तावक र समर्थक ः रघुनाथ अधिकारी र नवराज पोखरेल
३. मोहन कुमार वस्नेत, झापा गापा २ का वडा अध्यक्षका वागी
४. कांग्रेस गिरी, गौरीगंज नपा ४ का वडा अध्यक्षका वागी
५. मोहन कुमार बस्नेत, गौरीगंज २ का वडा सदस्यका वागी
६. अर्जुन वुढाथोकी, दमक नपा प्रमुखका वागी,
७. छत्रा वुढाथोकी, दमक नपा ४ मा विवेकशील पार्टीको प्रस्तावक ।

