ईलाका प्रहरी कार्यालय रँगेलीको नयाँ भवन उद्घाटन

पढ्न समय: 2 मिनेट


रबिन्द्र बराल

माेरङकाे रंगेली नगरपालिका ६ मा रहेको ईलाका प्रहरी कार्यालय रंगेली काे परिषरमा बिहीबार एक कार्यक्रम बिच नयाँ भवनकाे उद्धाटन सम्पन भएको छ । रंगेली का बासीन्दाले २०१९ सालमा स्थापना गरेका प्रहरी कार्यलय काे सुविधा सम्पन्न भवन ५८ बर्ष पछि पाएकाे हाे । १२ कठ्ठा क्षेत्र फलमा रहेको प्रहरी कार्यलय मा कामकाज का लागि प्रहरी निरिक्ष,साहयक निरिक्षक,कर्मचारी हरुका लागि छुट्टाछुट्टै काेठा बनेका छन । भने पुरुष थुनुवा , महिला थुनुवा र सुबिधा युक्त शाैचालय काे समेत निर्माण भएको छ । १९ काेठे भवनको कुल लागत २ कराेड३२ लाख १८ हजार ५ सय १३ रुपैया मा भवन निर्माण सम्पन्न भएको हाे ।
जिल्ला प्रहरी कार्यालय माेरङ र काेशी एण्ड न्याैपाने निर्माण सेवा समिति काठमाडौ बिच फाल्गुन १५ गते निर्माण ठेक्का काे सम्झौता भएको थियोे ।
उद्धाटन काे कार्यक्रममा का प्रमुख अतिथि प्रदेश नम्बर १प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक केदार रिजाल ले रिवन काटेर भवन काे उद्धाटन गरेका थिए । कार्यक्रममा रंगेली नगरपालिका उप मेयर केशव कुमारी खराल, सुनवर्सि नगरपालिका मियर काली प्रसाद दास,धनपालथान गाउँ पालिका का अध्यक्ष हरिलाल सिंह , सामुदायिक प्रहरी का अध्यक्ष मचिन्द्र कटुवाल , नगरपालिका का वडा अध्यक्ष रामचन्द्र मंडल, घन्श्याम पनेरु, बजरंग अग्रवाल , सन्ताेष साह, जगर्नाथ मंन्डल , स्थानीय महिला, बुद्धिजीवी लागायत काे समेत उपस्थित रहेको थियोे ।

- Advertisement -
Ad image

रंगेली का प्रहरी निरिक्षक कबिन्द्र कार्की ले कार्यक्रम संन्चालन गरेका थिए । उक्त कार्यक्रममा नगर प्रमुख ,स्थानीय ,बुद्धिजीवी तथा अतिथि लगायत हरुले प्रहरी काे काम कर्तव्य बारेमा समेत बाेलेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *