
६८ औ विश्व कुष्ठरोग दिवसका अवसरमा आज गौरीगञ्ज गाउँपालिकाले एक अग्रज स्वास्थ्यकर्मी सहित तिन जनालाई सम्मान गरेकाे छ । लामाे समयदेखी गाैरीगञ्ज प्राथमिक स्वास्थ्य केन्द्र खजुरगाछीमा कार्यरत जनस्वास्थ्य निरिक्षक महेश्वर कुमार कार्कीलाई कुष्ठराेग राेकथाम तथा नियन्त्रणकाे क्षेत्रमा उल्लेखनिय याेगदान पुर्याए बापत सम्मान पत्र तथा दाेसल्ला द्वारा सम्मानित गरिएकाे हाे । कार्की सँगै महिला स्वास्थ्य स्वयमसेविका साबित्रा राजवंशी तथा कुष्ठराेग प्रभावित भएर पनि अपाङ्गता भएका तथा कुष्ठराेग प्रभावितहरुकाे हितमा सक्रिय अमरलाल महतोलाई समेत दाेसल्ला तथा प्रशंसा पत्र द्वारा सम्मानित गरिएकाे थियाे ।
गाैरीगञ्ज गाउपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष दिपीन्द्र थापा, स्वास्थ्य कार्यालय झापाका जीवन चाैलागाई, गाैरीगञ्ज अपाङ्गता समन्वय समितीका अध्यक्ष शेरमान वुढाथाेकी लगायतले सम्वाेधन गरेकाे थिए भने कार्यक्रम लाइ गाैरीगञ्ज गाउपालिकाका स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रले सहजिकरण गरेकाे थियो गाैरीगञ्ज गाउपालिकाकाे सभाहलमा सम्पन्न कार्यक्रममा गाैरीगञ्ज गाउपालिका अन्तर्गतका स्वास्थ्यकर्मीहरु, अपाङ्गता सहयाेग समितीका सदश्यहरु, महिला स्वास्थ्य स्वयमसेविकाहरु, कर्मचारीहरु तथा सर्वसाधारणकाे उपस्थिती रहेकाे थियाे ।