रबिन्द्र बराल
चैत २१, मोरँग । बिगत बर्ष हरु झै यस बर्ष माेरङकाे पथरी मा ६४ आै सहकारी दिवस भव्य रुपमा सम्पन्न भएको छ । पथरी शनिश्चरे नगरपालिका २ स्थित हरियाली सामुदायीक वन उपभोक्ता समूहको भवनमा उक्त कार्यक्रम काे आयाेजना समेत गरिएको थियोे । कार्यक्रम काे प्रमुख अतिथि प्रदेश न १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी (प्यासी) ले पानसमा बत्ति बालेर कार्यक्रम काे उद्घाटन समेत गरेका थिए । कार्यक्रममा सांधय संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकाल, सहकारी मन्त्री राम बहादुर मगर, भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री कला घले, उद्योग पर्यटन, वन तथा बातावरण राज्यमन्त्री राजकमार ओझा, राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष रमेश प्रसाद पोखरेल, पथरीशनिश्चरे नगरपालिका का प्रमुख दिलिप कुमार राई , लगायतको उपस्थिति समेत रहेको थियोे ।
सहकारी दिवसकै अवसर पारेर नेपालमै पहिलोपटक सहकारी संस्था ल्याउने स्व. बखानसिंह गुरूङको शालिक काे समेत अनावरण गरिएको छ । प्रमुख अथिति प्यासीले साहित्य, कला लगायतका क्षेत्रमा पनी सहकारीले बिभिन्न कार्यक्रमहरू ल्याउनुपर्ने र जनतालाई आर्थिक समस्या पर्दा चर्को ब्याजदरमा साहुबाट ॠण लिनुपर्ने बाध्यता हटेको र स्वाभिमानका साथ सहकारिमा गइ ऋण लिन सकिने अवस्था बनेको बताए।
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले सहकारी आन्दोलनमा राज्यले साथ दिने र अहिले नेपालको राजनीतिमा संकट उत्पन्न भएको बताउदै मन्त्री ढकालले राजनैतिक दलहरूले नयाँ सरकार बनाउने चलखेल गरिरहेको र हालकै सरकारलाई ढाल्ने चलखेल भएकाे आराेप समेत लगाएका छन । किसानहरूलाई बिचौलियाहरूको स्वार्थका कारण मारमा परेको भन्दै त्यसको समाधानका लागि सहकारीहरूले किसानले उब्जाएका कृषिजन्य बस्तुहरु खरिद बिक्रीमा किसानसंग सहकार्य गर्नुपर्ने कुरामा जाेड दिएका छन । जिल्ला सहकारी संघ लिमिटेड माेरङका अध्यक्ष एवम् मुल आयोजक समितिका संयोजक डिल्ली पोखरेलको अध्यक्षतामा उक्त कार्यक्रममा सम्मान भएको थियो ।