३० साउन झापा । नेपाल बिद्युत प्राधिकरण को दमक बितरण केन्द्रमा कार्यरत ५ जना कर्मचारीमा कोरोना सँक्रमण पुष्टी भएसँगै विद्युत् प्राधिकरणले सबै सेवा बन्द गरेको छ । कार्यालयले एक सुचना जारि गर्दै अर्को ब्यबस्था नहुञ्जेल सम्मका लागि अत्यावश्यक बाहेक कार्यालयबाट प्रदान गरिने सबै सेवाहरु बन्द गरिएको जनाएको छ । शनिबार दमकमा गरिएको १०७ जनाको परिक्षणका क्रममा दमकमा ६ जनामा काेराेना संक्रमण देखिएको थियोे । ती मध्ये ५ जना विद्युत प्राधिकरणका कर्मचारी हुन् । १ जना सँक्रमित भने भारतबाट आएर क्वारेन्टाइन मा बसेका ब्यक्ती हुन ।
प्रतिक्रिया लेख्नुहोस्