असार १० झापा । आर्थिक बर्ष २०८२ / ०८३ का लागि रु ५३ करोड ८६ लाख ९६ हजार ४ सय ४० रुपैया बजेट पारित गर्दै गौरीगञ्ज गाउँपालिकाको १७ औँ गाउँसभा सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष फुलबती राजवँशीको अध्यक्षतामा हिजो ९ गते देखि शुरु भएको गाउँसभामा हिजो अध्यक्ष राजवँशीले गाउँपालिकाको बार्षिक निति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । हिजोको बैठकमा प्रस्तुत बार्षिक निति तथा कार्यक्रममाथि सदस्यहरु राजभक्त सुनवार कृष्ण महतो लोकेन्द्र ताजपुरिया गँगा राजवँशी र शुसिल राइले आफ्नो राय राखेका थिए ।
आज बसेको दोश्रो बैठकमा उपाध्यक्ष पुजन न्यौपाने कुँवरले आर्थिक बिधेयक २०८२ बिनियोजन बिधेयक २०८२ र आर्थिक बर्ष २०८२ / ०८३ को बार्षिक बजेट प्रस्तुत गरेका थिए । उपाध्यक्ष न्यौपानेले प्रस्तुत गरेको बजेटमा आर्थिक बिकास तर्फ रु २ करोड १ लाख‚ सामाजिक बिकास तर्फ ८ करोड १ लाख ३१ हजार‚ युवा तथा खेलकुद तर्फ १९ लाख‚ महिला लक्षित कार्यक्रममा ८ लाख पुर्वाधार बिकास तर्फ रु ९५ लाख‚ सँस्थागत बिकास तथा सुशासन तर्फ १ करोड २२ लाख र गाउँ गौरबका योजना तर्फ रु १ करोड ५० लाख बिनियोजन गरिएको छ ।
त्यस्तै कृषि बिकास तर्फ रु १ करोड ५० लाख‚ पशु सेवा तर्फ रु ५० लाख‚ शिक्षा बिकास तर्फ रु १ करोड ९० लाख ‚ स्वास्थ्य सेवा तर्फ रु १ करोड र गौरीगञ्ज आधारभुत अस्पतालको सञ्चालन तथा स्तरोन्नतीका लागि रु ३ करोड ५० लाख बिनियोजन गरिएको छ ।
त्यस्तै वडाहरुको सिलिङ बजेट तर्फ वडा नँ १ लाइ रु ५७ लाख‚ वडा नँ २ लाइ रु ६६ लाख वडा नँ ३ लाइ रु ६३ लाख वडा नँ ४ लाइ रु ३६ लाख वडा नँ ५ लाइ रु ३६ लाख र वडा नँ ६ लाइ रु ४२ लाख बिनियोजन गरिएको छ ।
आज बसेको गाउँसभाको दोश्रो बैठकमा उपाध्यक्ष पुजन न्यौपाने कुँवरले न्यायिक समितीको प्रतिवेदन पेस गरेका थिए भने सुशासन तथा स्थानिय सेवा समितीका सँयोजक शुसिल राइले गाउँपालिकाको सँगठन तथा ब्यवस्थापन प्रस्ताव पेश गरेका थिए ।