
चैत २९ गौरादह । ४२ औ शिक्षक दिवसको अवसरमा झापाको गौरादह नगरपालिका मा आधारभुत तह गौतमस्तरीय अन्तर विद्यालय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठन गौरादह नगर समिति द्वारा आयोजित प्रतियोगितामा नगरपालिका भित्र सँचालित बिभिन्न २१ वटा सामुदायिक विद्यालय हरु सहभागि भएका थिए । प्रतियोगिता प्रगति माबि ग्वालडुब्बा को प्रङ्गनमा आयोजना गरिएको थियो ।
प्रतियोगितामा मदन आश्रित आबि की छात्रा डेनिशा अधिकारी प्रथम भएकी छिन् भने अरुणोदय आबि का श्रवणकुमार यादब द्वितीय भएका छन् । त्यसैगरी प्रगति माबि की मुना राजवँशी तृतीय र जनता माबिका बिक्रम किस्कु ले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् ।
बिजेता बिद्यार्थी हरुलाइ प्रमाणपत्र र शैक्षिक सामग्री सहित पुरस्कृत गरिएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठन गौरादहका अध्यक्ष लिला नाथ को सभापतित्व र प्रगति माविका प्रधानाध्यापक डिल्लीराम अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा बिभिन्न सामुदायिक विद्यालय का शिक्षक र विद्यार्थी हरुको उपस्थिति रहेको थियो ।