असोज १८ विराटनगर । चर्चित ३३ किलो सुन तस्करी एवं सनम शाक्य हत्या प्रकरणस म्बन्धी मुद्दामा मुख्य आरोपि गोरे सहित ६ जनालाई जन्मकैद को सजाय सुनाइएको छ । सो काण्डमा ८ जना दोषी ठहर भएका छन् । जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासले कर्तव्य ज्यान मुद्दाका ८ जना प्रतिवादीमध्ये मुख्य अभियुक्त मोरङ उर्लाबारीका गोरे भनिने चूडामणि उप्रेतीसहित ६ जनालाई मंगलबार जन्मकैदको फैसला सुनाएको हो। त्यस्तै, टेकराज मल्ल ठकुरी, भोजराज भण्डारी, मोहन काफ्ले, लाक्पा शेर्पा र नरेन्द्र कार्कीलाई जन्म कैद सुनाइएको हो। अदालतको फैसला अनुसार उनीहरुले २० वर्ष जेल बस्नुपर्ने श्रोतले बताएका छन् ।

दुई जनालाई भने तीन वर्ष र ६ महिना कैद सजाय सुनाइएको छ। मुद्दाका प्रतिवादीमध्ये भारतीय नागरिक राजन कुमारलाई ३ वर्ष र माधव भनिने मदन घिमिरेलाई ६ महिना कैद सजायको फैसला भएको छ । बाँकी ४८ जनाले सफाइ पाएको कुरा’ जिल्ला अदालत मोरङका श्रेस्तदार टिकेन्द्रवीरजंग राणाले बताए।

गोरेको समूहले दुबईबाट तस्करी गरेर २०७४ साल माघ ९ गते काठमाडौं ल्याएको साढे ३३ किलो सुन त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर निकाल्ने क्रममा गायब बनाइएको अनुसन्धानबाट खुलेको थियो । सुन गायब बनाएको आरोपमा गोरेसहित उनको समूहले २०७४ साल फागुन १८ गते करेन्ट लगाएर यातना दिँदै मोरङको उर्लाबारी नगरपालिका-१ का सनमको हत्या गरेको थियो ।