१९औँ स्वास्थ्य स्वयमसेविका दिवसमा ६ जना उत्कृष्ट स्वयमसेबिका सम्मानित

पढ्न समय: 1 मिनेट

१९ मँसिर गौरीगञ्ज । १९औँ महिला सामुदायिक स्वयमसेबिका दिवसको अबसरमा गौरीगञ्ज गाउँपालिकाले ६ जना उत्कृष्ट महिला स्वयम् सेबिकाहरुलाइ सम्मान गरेको छ । गाउँपालिकाको सभाहलमा एक औपचारिक कार्यक्रमको आयोजना गरि ६ जना उत्कृष्ट स्वयम् सेबिकाहरुलाइ सम्मानित गरिएको हो ।

- Advertisement -
Ad image

गत बर्षको कार्य दक्षताको मुल्याङकनको आधारमा वडा नँ १ की इन्द्रवत्ती राजवँशी वडा नँ २ की भद्रा राजवँशी वडा नँ ३ की बच्ची राजवँशी वडा नँ ४ की रुकमणी राजवँशी वडा नँ ५ की फुलकुमारी राजवँशी र वडा नँ ६ की चन्द्रकला कार्की सम्मानित भएका हुन् । गत बर्षको कार्य दक्षताको मुल्याङ्कनको आधारमा उनिहरुलाइ सम्मानपत्र र दोसल्ला औढाएर सम्मान गरिएको कुरा स्वास्थ्य शाखा गौरीगञ्जका प्रमुख रामचन्द्र मिश्रले बताए ।
कार्यक्रममा बोल्दै गाउँपालिकाकी अध्यक्ष फुलबती राजवँशीले गाउँ गाउँमा स्वास्थ्य स्वयम् सेबिकाहरुको योगदानको प्रसँसा गर्दै स्वास्थ्य स्वयम् सेबिकाहरुले आफ्नो कर्तब्य भुल्न नहुने कुरा बताए । त्यसै गरि उपाध्यक्ष पुजन न्यौपाने कुँवरले स्वास्थ्य स्वयम् सेबिकाहरूले अति न्युन सेवा सुबिधामा पनि उत्कृष्ट स्वास्थ्य सेवा दिइरहेकोमा प्रसँसा गरेका थिए ।
कार्यक्रममा अध्यक्ष राजवँशी, उपाध्यक्ष कुँवर लगायत कार्यपालिका सदस्य राधा अधिकारी, प्रमुख प्रसाशकीय अधिकृत मणीराम खतिवडा, स्वास्थ्य शाखा प्रमुख मिश्र एनएलएफ का कार्यक्रम सँयोजक डिबि गुरुङ, नेफेजका प्रतिनिधि अनुपा अधिकारी, आधारभुत अस्पतालका प्रमुख अनुप सेढाइ लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्