१७ बर्षिय महतो झुण्डीएको अबस्थामा फेला

पढ्न समय: 1 मिनेट


भदौ ९ गौरीगञ्ज । गौरीगञ्ज वडा नँ ३ कृपालटोली स्थित आफ्नै फुपुको घरमा एक युवा झुण्डिएको अबस्थामा मृत फेला परेको छ । गौरीगञ्ज वडा नँ १ बस्ने दिनेश महतोका छोरा अन्दाजी १७ बर्षका रोहित महतो झुण्डीएको अबस्थामा मृत फेला परेको कुरा प्रहरीले जनाएको छ ।


मृतक महतो बिगत ७ महिना देखि कृपालटोली स्थित आफ्नी फुपु निर्मला देवी महतोको घरमा बसेर कक्षा ११ मा अध्ययन गरिरहेका थिए । बिहान क्याम्पसबाट फर्केर अपरान्ह १२ बजेको आसपास खाना खाएका महतो दिउसो १ बजे आसपास आफु सुत्ने कोठामा झुण्डीएको अबस्थामा फेला परेको कुरा फुपु निर्मला महतोले बताएकी छिन् ।

- Advertisement -
Ad image
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्