
१५ औँ राष्ट्रपती रनिङ शिल्डको उपाधी बाल कल्याण माबिले जित्यो
माघ १७ गौरीगञ्ज । गत माघ १५ गतेबाट गौरीगञ्जमा शुरु भएको १५ औँ राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिताको उपाधी वडा नँ १ स्थित बाल कल्याण माबिले जितेको छ । बालकल्याण माबिले १३ स्वर्ण ५ रजत र १ कास्य पदक सहित यस पटकको उपाधी जित्न सफल भएको छ । त्यसैगरि ८ स्वर्ण ८ रजत र ५ कास्य पदक सहित वडा नँ ६ का खजुरगाछी माबिले दोश्रो स्थान हात पारेको छ भने ४ स्वर्ण १ रजत र ३ कास्य सहित वडा नँ ६ कै देवकोटा माबिले तेश्रो स्थान हासिल गरेको छ ।
त्यस्तै प्रतियोगितामा आदर्श माबिले २ स्वर्ण ४ रजत र १ कास्य पदक जितेको छ । गौरीगञ्ज माबिले १ स्वर्ण ४ रजत र ५ कास्य जितेको छ भने स्नो ह्वाइट स्कुलले १ स्वर्ण २ रजत र ४ कास्य जितेको छ । न्यु युनिभर्सल एकाडेमीले १ स्वर्ण र ४ कास्य जितेको छ भने ज्ञानोदय माबिले ३ रजत र ५ कास्य जितेको छ । त्यस्तै युनिभर्सल एकाडेमीले २ रजत र १ कास्य जितेको छ भने ज्ञानकुञ्ज एकाडेमीले १ रजत जितेको छ । त्यस्तै क्रिमसन स्कुलले ४ कास्य जितेको छ । मुनलाइट एकाडेमीले भने कुनै पदक जित्न सकेन ।

स्वास्थ्यका लागि खेलकुद र राष्ट्रका लागि खेलाडी भन्ने मुल नाराका साथ वडा नँ १ को बालुबाडी खेल मैदानमा शुरु भएको १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको सामपन समारोहमा आज प्रथम द्वितिय र तृतिय हुने बिद्यार्थी खेलाडीहरुलाइ प्रमाणपत्र मेडल र कप सहित पुरस्कृत गरिएको थियो । झापा क्षेत्र नँ ४ का सँघिय साँसद एलपी साँवाको प्रमख आतिथ्यतामा भएको समापन समारोहमा गाउँपालिका अध्यक्ष फुलबती राजवँशी लगायतको उपस्थिती रहेको थियो । गाउँपालिकाका निबर्तमान उपाध्यक्ष दिपेन्द्र थापाले शुभकामना मन्तब्य दिदै गाउँपालिकाको एक मात्र खेलमैदानका रुपमा रहेको महाभारा खेल मैदान ब्यवस्थापनका लागि आवश्यक बजेटको पहल गरिदिन साँसद एलपी साँवालाइ आग्रह गरेका थिए । भने वडा नँ १ का वडाध्यक्ष कार्तिकलाल राजवँशीले शुभकामना मन्तब्य दिदै कन्काइ खोला नियन्त्रण तथा कन्काइ पुलको निर्माण कार्य चाँडो भन्दा चाँडो सम्पन्न गर्न पहल गरिदिन साँसद साँवालाइ आग्रह गरेका थिए । त्यस्तै साँसद एलपी साँवाले शुभकामना मन्तब्य राख्दै निबर्तमान उपाध्यक्ष र वडाध्यक्षको कुरालाइ आफुले मनन गरेको र सो योजनाहरुको निर्माण कार्य यथासक्य चाँडो गर्न पहल गर्ने बताएका थिए ।