सामान्य ह्विलचेयरमार्फत मेची काली यात्रामा निस्किएका मेरुदण्ड पक्षघात भएका सिन्धुपाल्चोकका राम वहादुर तामांगलाई इटहरीमा स्वागत गरिएको छ । इटहरीका नगरप्रमुख द्धारिकलाल चौधरीले स्वागत गरेका छन् । अपाङ्गताभएका ब्यक्तिहरुले स्वतन्त्र,स्वाभिमानी र स्वावलम्वी जीवन जीउन पाउनुपर्ने अधिकारको वारेमा चेतना फैलाउन राम वहादुर तामाड ह्विलचेयरमार्फत मेची काली यात्रामा निस्किएका हुन्  । उनले सामान्य ह्विलचेयरमार्फत लामो यात्राको विश्व रेकर्ड राख्न समेत आफूले यो यात्रा सुरु गरेको वताए । तामाडले यसअघि नमोवुद्ध देखि लुम्विनी ३६६ किलोमिटर र लुम्विनी देखि वोधगया सम्म ५५३ किलोमिटर ह्विलचेयर यात्रा गरिसकेका छन् । उनलाई मान वहादुर तामाडले साइकल मार्फत साथ दिएका छन् । इटहरीका नगरप्रमुख चौधरीले उनिहरुको अयिभान सफलताको कामना गरेकाछन् । उनिहरुले काकडभिटटा वाट गत शनिवार यात्रा सुरु गरेको हो ।