कार्तिक ४, गौरीगञ्ज ।‌कन्काईको भगालोले चारै तिर बाट घेरिएर सम्पर्क विहिन भएको गौरीगञ्ज १ को होकलबाडी गाउँमा राहत पुगेको छ ।‌ वडा समितिको समन्वयमा वडा नँ १ का वडाध्यक्ष कार्तिक लाल राजवँशी लगायत जनप्रतिनिधि तथा सुरक्षा कर्मी हरु बिहिबार दिउसो राहत सामग्री लिएर होकलबाडी पुगेका हुन् ।

बिहिबार दिउसो राहत सामग्री बोकेर होकलबाडी पुगेको टोलिले कन्काई को बाढिका कारण होकलबाडीमा क्षति बेहोरेका ९० परिवार लाई चिउरा तेल नुन चाउचाउ सहितको खाद्य सामग्री बितरण गरेको छ ।‌

वडा कार्यालय ले होकलबाडीमा महाभारा स्वास्थ्य चौकी का स्वास्थ्य कर्मी हरुको टोलि परिचालन गरि स्वास्थ्य सेवा समेत प्रदान गरेको छ ।‌ सो स्वास्थ्य टोली बाट होकलबाडीका ९४ जना ले औषधी सहितको सेवा लिएका छन् ‌ ।

सोमबार देखिको अबिरल वर्षाका कारण सो गाउँ जाने बाटो र पुल भत्किएर कन्काई नदिले चारै तिर बाट घेरे पछी सो गाउँ सम्पर्क विहिन भएको थियो । सो गाउँको अवस्था बुझ्न हिजो गौरीगञ्ज दर्पण डटकम ले सशस्त्र प्रहरी बल को सहयोगमा होकलबाडी गाउँमा पुगेर स्थलगत रिपोर्टिङ गरेको थियो ‌ ।