मँसिर ३० गौरीगञ्ज । बहुप्रतिक्षित हुलाकी राजमार्ग निर्माण कार्यमा ठेकेदार कम्पनीले लापरवाही गरिरहेको पाइएको छ । हुलाकी सडक अन्तर्गत रतुवा देखि किस्नी खोला बीचको खण्डमा ठेकेदारले सडकको दुबै छेउ निर्माण गरिरहेको प्लम वाल र नालाहरुमा पानी नहाल्ने गरेको पाइएको छ ।
गौरीगञ्ज क्याम्पस अगाडी निर्माण भइरहेको प्लम वाल र नालाहरुमा ठेकेदारले अहिले सम्म पानी नै नहालेको कुरा स्थानिय टीकाराम गिरीले बताएकाछन् । सिमेन्ट राम्ररी जम्न निर्माण भइसकेको ठाउँमा कम्तिमा पनि १५ दिन पानीले भिजाइरहनु पर्ने स्थानियहरुको भनाइ छ ।
ठेकेदार कम्पनीले घर अगाडी प्लम वाल खडा गरेको पाच दिन बितिसक्दा समेत माटोनसम्याइ दिएको र जसको कारणले आफुहरु आगनबाट बाटो सम्म निस्कन सास्ति भोग्नु परिरहेको गुनासो गरेकाछन् । “तिन फिट कमि अग्लो वाल उठाइएको छ हामीले दुबै तर्फ माटो वा बालुवा हालिदिने अनुरोध गर्दा समेत ठेकेदारले टेरेनन् ” हरेक पटक तिन फिट अग्लो वाल नाघेर सडक र आँगन गर्न सम्भब नैछैन, कहिलेकाँही इमरजेन्सी पर्दा कसरी साइकल मोटरसाइकल निकाल्नु ? – स्थानिय गिरीले प्रश्न गरे । सडकमा नियमित पानी पनि हाल्दैनन् । धुलो उडेर घरमा बसि नसक्नुको अबस्था छ – एक स्थानियले दुखेसो पोखे ।
निर्माण स्थलमा काम भइरहेको जनाउ दिने बोर्ड समेत राखिएको छैन । बोर्ड नहुदा बाटो हिड्नेहरु झुक्किने गरेको र दुर्घटना समेत हुने गरेको स्थानियहरुले बताए । केहि दिन अघि एक जना साइकल नै भाँच्चिएको र एक जना बिद्यार्थी समेत घाइते भएको एक स्थानियले बताए ।
यसबारे ठेकेदार कम्पनी मोतिदान कन्सट्रक्सन का प्रोजेक्ट म्यानेजर दिपक श्रेष्ठले प्लम वाल अहिले भरखर निर्माण भएको र त्यहा माटो हाल्दा बिग्रीने वा भत्किने जोखिम रहेकोले माटो वा बालुवा नहालिएको बताए । निर्माण भइरहेको वाल र नालामा तुरन्त पानीहाल्ने ब्यबस्था गर्ने बताएका छन् ।