हुलाकी सडककाे काम मा ठेकेदारकाे चरम लापरबाही : जनप्रतिनिधि माैन !

रबिन्द्र बराल ।
चैत १७, रँगेली ।‌ बहुप्रतिक्षित हुलाकी राजमार्ग अन्तर्गतको झापा मोरङ खण्डको रतुवामाई नगरपालिका ३ स्थित रतुवाखाेला देखि चाैकिघाट हुदै बलुवाटार सम्म सडक चाैडाई पार्ने क्रममा सडककाे दायाँबायाँ माटाे हालेर चाैडा पार्ने भएता पनि गजुरमुखी मोतीदान जेभि ले भने माटाे हाल्नु पर्ने ठाउँमा बालुवा हालेर उक्त सडक निर्माण गरिरहेको भेटिएको छ । यति खेर हुलाकी सडक काे काम द्रुतगतिमा निर्माणकार्य भएता पनि ठुला कम्पनी हरु ले सडक निर्माणकार्य मा कमसल एस्टिमेट भन्दा कम्जोर काम गर्ने गरेका छन । बर्षाे देखिकाे सपना पूरा हुनै लाग्दा समेत स्थानीय स्तर बाट जनप्रतिनिधि हरु लाई निर्वाचित गरेर पठाएता पनि अहिले हुलाकी सडक काे काम तिव्र गतिमा निर्माण भएता पनि बेला मैकामा उक्त सडक कसरी निर्माण हुदैछ भनेर जनप्रतिनिधि हरुले बेवास्ता का कारण गजुरमुखि जेभि ले भने मनपरि अाफु खुशि काम गर्दे आएकाे छ । यसरी खाेलाकाे बगर देखि २ किलोमिटर सम्म सडक काे दायाँबायाँ मा बालुवा हालेर काम गरिरहेको र बर्षाकाे समयमा उक्त बलुवा पानी ले बगाएर सडक नै जाेखिमा पर्ने स्थानीय अंकुश मंण्डल ले बताए । साे ठाउँमा किन बालुवा हालेकाे भन्ने बिषयमा जानकारी लिन खाेज्दा गजुरमुखिका प्रमुख दिपक गाैतम ले भने साे कुराकाे आफुलाई कुनै जानकारी नभएको भन्दै पंछिन खाेजे का छन । उक्त कम्पनी ले रतुवा डाइनिया रंगेली सेक्सन अन्तर्गत ० किमी देखि १६+५०० किमी सम्मको खण्ड कालोपत्रे गर्ने ठेक्का गजुरमुखि मोतीदान जेभि बानेश्वरले पाएको छ । दुई खण्डमा गरि साे सडक कालोपत्रे गर्न ७७ कराेड ६७ लाख६५ हजार८ सय ४२ रुपैयाँ ठेक्का पाएकाे छ । बारम्बार यसरी लापरबाही गर्दा समेत सम्धित निकाय ले बेवास्ता गर्दा ठेक्केदार कम्पनी हरुलाई हालिमुहालि भएको छ । साे बिषयमा समयमै ध्यान नदिए साे सडक कमसल हुने पक्का देखिन्छ समयमै सम्धित निकायले यस बिषयमा ध्याना दिनु जरुरी देखिन्छ ।

अघिल्लो लेखमाबिर्तामोड का सबै साप्ताहिक हाट बजार बन्द गर्ने निर्णय
अर्को लेखमामृतक राजवँशीको घरमा वडा कार्यालय को समबेदना सहित राहत