हात्तीको आक्रमणबाट झापामा दुई घाइते

पढ्न समय: 1 मिनेट

विर्तामोड । जंगली हात्तीको आक्रमणबाट झापामा दुई जना गम्भीर घाइते भएका छन् । घाइते हुनेहरुमा देउमाई –१० का १९ वर्षीय विजय भन्ने कृतिमान खाती र अर्जुनधारा–१ सिस्नेका १९ वर्षीय मिलन कार्कीढोली रहेका छन् । उनीहरु दुवै जना ट्याक्टर मजदुर हुन् ।

आज विहान ७ बजे बुद्धशान्ति गाउँपालिका –२ बिन्धुली बाँध क्षेत्रमा जंगली हात्ती आएको भन्ने थाहा पाएपछि स्थानीयबासी लखेट्न पुगेका थिए । प्रहरीका अनुसार सो क्षेत्रमा एउटा हात्ती आएको थियो ।

- Advertisement -
Ad image

लखेट्ने क्रममा हात्तीले आक्रमण गरेको थियो । आक्रमणबाट घाइते खातीको अवस्था गभ्मीर छ । उनको उपचारको लागि विर्तासिटी अस्पताल बिर्तामोड ल्याइएको छ भने कार्कीढोलीको बुधबारेमा उपचार भइरहेको छ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्