हात्तीबाट जोगिन आफ्नै घर अगाडि टांगेको बिजुलीको करेन्ट लागेर बिर्तामोड ७ स्थित बाह्रघरे निवासी एक व्यक्तिको मृत्यु भएको छ ।
गएराति पिसाब गर्न बाहिँर निस्किँदा करेन्ट लागेर बिर्तामोड ७ का ४९ वर्षीय खेम श्रेष्ठको मृत्यु भएको हो । करेन्ट लागेर सिकिस्त भएका श्रेष्ठलाई उपचारका लागि बिर्तासिटी हस्पिटल लगिएको प्रहरीले जनाएको छ । तर, हस्पिटल ल्याइपुर्याउँदा राति साढे ११ बजे उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सुरज कार्कीले बताए । श्रेष्ठले जंगली हात्ती धपाउन आफ्नै घरवरिपरि करेन्ट टांगेका थिए ।
हात्ती प्रभावित क्षेत्रका मानिसहरुले आफू र अन्नबाली जोगाउन त्यस किसिमको जोखिमपूर्ण उपाय अपनाउँदै आएका छन् ।