
दमक, साउन २३ । झापाको कमल गाउँपालिकामा गए राति एक जनाको मृत्यु भएको छ । गएराति हात्तीको आक्रमणबाट वडा नँ ५ का ५८ वर्षिय रेवत रेग्मी ज्यान गएको हो ।
कमल ५ टुक्रेस्थित सशस्त्र प्रहरीको जग्गामा बसोबास गर्ने ५८ उनको गएराति करिब साढे २ बजेतिर हात्तीको आक्रमणबाट मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकका प्रहरी निरिक्षक भुवनबाबु खड्काले जानकारी दिए । कमल ५ का वडाध्यक्ष डम्मर निरौलाका अनुसार रेग्मीलाई उनको छाप्रोबाट केही पर उनको सब फेला परेको कुरा बताए ।