फागुन ३ झापा । बर्खा स्मृति प्रतिष्ठानले आयोजना गरेको T-20 टुर्नामेन्टको आज भएको हल्दिबारी गाउँपालिका बिरुद्ध भएको पहिलो खेल गौरीगञ्ज गाउँपालिकाले जितेको छ ।
टस जितेर बलिङ रोजेको हल्दीबारीलाइ गौरीगञ्ज ले ४ विकेट गुमाएर १५६ रनको टार्गेट दिएको थियो ।
सर्वाधिक स्कोर महमद सोहेलले ३२* रन , अभिषेक राजवंशीले २४* रन , विशाल थापाले २३ र प्रविन दासले २२ रन बनाएका थिए ।
लक्ष्य चेज गर्न उत्रेका हल्दीबारी ९२ रनमा अल आउट भएको थियो ।
गौरीगञ्जका बलर छबिलाल खड्का ले ५ विकेट लिदै म्यान अफ दि म्याच भएको थिए र कप्तान जनम भुजेल २ विकेट लिएका थिए भने अमित यादव, महमद सोहेल र संगीत दासले १/१ विकेट लिए।
गौरीगञ्ज गाउँपालिकाको ब्यवस्थापन मा गएको क्रिकेट टोलीलाई आजको थप खाजा वडा नं ६ का हिमालयन भुजिया र वडा नं ३ का खेलाडी संगीत दासले प्रायोजन गरेको थियो । वडा नं ३ का निशान भण्डारीले १ थान क्रिकेट ब्याट प्रायोजन गरेका छन्।