५ भदौ झापा । गौरीगञ्ज ६ खजुरगाछी स्थित रुबी डिपार्टमेन्ट स्टोरका सञ्चाल कमध्येका एक लाइ बिहिबार कोरोना सँक्रमण पुष्टी भएपछी सो स्टोरमा हप्तादिन यता किनमेल गर्न पुगेका हरुलाइ सम्पर्कमा आउन आग्रह गरिएको छ । झापा उद्योग वाणिज्य सँघ गौरीगञ्ज शाखाले एक सार्वजनिक सुचना जारी गर्दै सो स्टोरमा किनमेलका लागि हप्तादिन यता पुगेका ग्राहकहरुलाइ कन्ट्याक्ट ट्रेसिङ का लागि सम्पर्कमा आउन आग्रह गरेको छ ।

सुचनामा , सो स्टोरमा पुगेका उपभोक्ताहरुले स्वास्थ्य शाखा गौरीगञ्जका प्रमुख रामचन्द्र मिश्र सँग मोवाइल नँबर ९८५२६७६६११ वा ९८०१४४३६६११ मा तथा प्रा. स्वा. के का प्रमुख अनुप शर्मा सँग ९८६२६९६६२२ मा सम्पर्क गरेर कन्ट्याक्ट ट्रेकिङ का लागि सहयोग गरिदिन अनुरोध गरिएको छ ।
गत साउन ३२ गते उद्योग वाणिज्य सँघ गौरीगञ्जको समन्वयमा गौरीगञ्जका समुदाय स्तरका ६१ जनाको स्वाब सँकलन गरि पठाएकोमा हिजो बिहिबार सो डिपार्टमेन्ट स्टोरमा सञ्चालक मध्ये एक को रिपोर्ट पोजेटिभ आएको हो ।उनलाइ उपचारका लागि मोरँग गोठगाउँ स्थित आइसोलेसन सेन्टर पठाइएको छ ।