३ असोज, घोडेटार । भाेजपुरकाे हतुवागढी गाउँपालिकाकी उपाध्यक्ष चन्द्रमा राइकाे निधन भएकाे छ । एक साता देखी अस्वस्थ रहेकी ४७ वर्षीय उपध्यक्ष राईकाे गएराती निधन भएकाे छ ।
हतुवागढी –४ फलामढुङगा घर भएकी ४७ वर्षीया उपाध्यक्ष राई एक सातादेखि ज्वरो, खोकी र झाडा पखालाले ग्रस्त भएपछि भदौ २९ गते प्राथमिक स्वास्थ्य केन्द्र घोरेरटारमा भर्ना गरिएको थियो । प्रेसरकाे समस्याले असाेज १ गते धरान स्थित विपि काेइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा भर्ना भएकी उनकाे प्रतिष्ठानमा उपचार हुन नसक्ने भएपछि न्यूरो हस्पिटल विराटनगर पुर्याइएकाेमा उनकाे उपचारकाे क्रममा मृत्यु भएकाे हतुवागढी गाउँपालिका प्रमुख प्रेमकुमार राईले जनाकारी गराएका छन् ।
राईकाे निधनपछि गाउँपालिकाकाे आकस्मिक बैठक आज बिहान बस्दै छ । बैठकमा राईको शवलाई भोजपुर ल्याउने विषयमा छलफल हुने गाउँपालिका अध्यक्ष राईलाई बताए ।
