इटहरी उपमहानगर वडा नम्वर १० मा स्वास्थ्य इकाई भवनको शिल्यान्यास गरिएको छ । इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले विहान स्वास्थ्य इकाई भवनको शिल्यान्यास गरे । उनले यहि आर्थिक वर्षमा भवन निर्माण सम्पन्न गरेर स्वास्थ्य सेवा प्रदान गर्न थालिने जानकारी दिएकाछन् । उनले निर्माणको गुणस्तर र समयमा कुनै सम्झौता नहुने प्रष्ट पारे ।
इटहरीका सवै वडामा स्वास्थ्य सस्था पुरयाउन यो आर्थिक वर्षमा १४ वटा स्वास्थ्य इकाई निर्माण गरिने उनले बताएका छन् । ति मध्ये १० वटा शिल्यान्यास भएर काम सुरु भएको र केहि सम्पन्न हुने अवस्थामा पुगेको जानकारी दिए ।
वडाध्यक्ष प्रकाश चौधरीले गाँउघरमै आधारभूत स्वास्थ्य सेवा पाइने अवस्था सृजना हुनु खुशीको कुरा हो भने । कार्यक्रममा इन्जिनियर अनिल तिम्सिनाले २४ लाख १७ हजार ६ सय १७ रुपियाँको लागतमा एकतले चार कोठे भवन निर्माण हुने जानकारी गराए । ठेकेदार जोखन सरदारले समयमै काम सक्ने प्रतिवद्धता जनाएकाछन् ।